चीनको गुईझोउ प्रान्तमा लगातार भारी वर्षा, २०० मिमीभन्दा बढी वर्षा रेकर्ड


दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागमा भएको भारी वर्षाको कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको अधिकारीहरूले मंगलबार बताएका छन् ।

प्रभावित क्षेत्रमध्ये, कियानानको बौई-मियाओ स्वायत्त प्रान्तको डुयुन सहरले मङ्गलबार बिहान बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा मङ्गलबार विद्यालय बन्द गर्न आदेश दिएको जनाइएको छ । अहिलेसम्म बाढीका कारण कुनै हताहत भएको खबर नआएको जनाइएको छ । वर्षाले प्रान्तका केही भागमा बिजुली आपूर्तिमा पनि बाधा पुगेको छ, भने जिुली आपूर्ति पुन; स्थापन गर्न एक हजार भन्दा बढी पावर ग्रिड मर्मत कर्मी परिचालन गरिएको जनाइएको छ ।

प्रान्तीय मौसम विज्ञान विधागका अनुसार सोमबार देखि मङ्गलबारसम्म प्रान्तका २० वटा भन्दा बढी स्थानमा काउन्टी–स्तरका क्षेत्रमा भारी वर्षा भएको छ, जसमध्ये चार वटा स्थानमा यस समय अवधिमा २०० मिमी भन्दा बढी वर्षा रेकर्ड गरेको जनाइएको छ ।


प्रकाशित मिति : २०८३ असार ९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार