नेकपा (एमाले) ले राष्ट्रिय सभातर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले राष्ट्रिय सभातर्फको सचेतकमा मेचेलाई नियुक्त गर्नुभएको हो।
मेचे आदिबासी जनजाति अधिकारको अभियानमा लामो समयदेखि सक्रिय रहँदैआउनुभएको छ । झापा निवासी मेचेलाई अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका नेता बादलले बधाई ज्ञापन गर्नुभयो ।

