स्मित पटेलको शतकमा एकदिवसीय अभ्यास खेलमा अमेरिकाले नेपाललाई २ सय ६३ रनको चुनौती दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६२ रन बनायो।
ओपनर स्मित पटेल बाहेक अन्य खेलाडी क्रिजना टिक्न सकेनन्। अर्का ओपनर सतान जहाङ्गीर ९ रनमा र मोनाक पटेल २० रनमा आउट भए। उनीहरू आउट हुँदा टोलीले ८३ रन बनाएको थियो।
त्यसपछि सैतेजा रेडि १० रनमा, मिलिन्द कुमार ७ रनमा आउट भए। स्मितले भने ९५ बल खेल्दै शतक बनाए। १ सय ८ बल खेल्दै १० चौक र ५ छक्का सहित १ सय १६ रनको उत्कृष्ट पारी खेले।
स्मितले बाउन्ड्रीबाट ७० रन जोडे। उनी पवन सराफको बलमा सहाब अलामको बलमा क्याच आउट भए।जसदीप सिंह ३३ र हर्मित सिंह २५ रनमा अविजित रहे । शुभम रान्जनेले १६ रन र सञ्जय कृष्णमुर्तीले १५ रन बनाए।
बलिङमा पवन सराफले २ विकेट लिंद विपिन खत्री, साहब अलाम, बसिर अहमद, शेर मल्ल, रसिद खान र नारायण जोशीले १/१ विकेट लिए।

