इन्डोनेसियामा रेल दुर्घटना, राष्ट्रपतिद्वारा अनुसन्धानको प्रतिबद्धता


 इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

दुर्घटनापछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले  १४ जनाको मृत्यु भएको पुष्टि गर्नु भएको छ । उहाँका अनुसार मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको छ भने  ८४ जना घाइतेहरूले विभिन्न स्वास्थ्य सुविधाहरूमा उपचारका लागि लगिएको छ ।

स्थानीय समय अनुसार वेलुका करिब ८ः५० मा जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीको रेलहरु एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ ।

रेल अपरेटर र राष्ट्रिय यातायात सुरक्षा समितिले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएका छन् ।


प्रकाशित मिति : २०८३ बैशाख १५, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार