“शाओमी सफल ब्राण्ड बनिसक्यो अब ब्राण्डलाई बलियो बनाई राख्नुछ” बिमल मान श्रेष्ठ


आशिष लामिछाने , रौतहट, अशोज १३: “सफल ब्राण्ड बनिसक्यो अब ब्राण्डलाई बलियो बनाई राख्नुछ”

बिमल मान श्रेष्ठ
बजार ब्यवस्थापक, शाओमी नेपाल

शाओमीको विद्यमान सफलताको कारण के लाई मान्नुहुन्छ ?
शाओमी मोबाईलमा निहित गुणस्तरीयता नै यसको प्रमुख कारण हो । शाओमीका सबै स्मार्टफोन तथा अन्य उत्पादनहरुमा प्राप्त हुने भ्यालु फर मनीले शाओमीका उत्पादन प्रति उपभोक्ता आकर्षण उच्च रहँदै आएको छ । त्यसका साथै शाओमीको स्थानिय आयातकर्ताले खेलेको भूमिका पनि यहाँ विर्सन हुँदैन । शाओमीका उत्पादनहरुको सहज उपलब्धता र यसको विक्री पश्चातको सेवामा ब्राण्डको सक्रियताले पनि नेपालमा शाओमीलाई अग्रणी ब्राण्ड बनाउन योगदान पु¥याउने कारकहरु हुन् ।

शाओमीले नेपाली बजारमा नम्बर एक स्मार्टफोन ब्राण्डको छविलाई निरन्तर कायम गर्न के गर्नुपर्ला ?
यसमा शाओमी प्रतिबद्ध र संवेदनशिल छ । नेपाली उपभोक्ताले शाओमी प्रति देखाएको अगाध सद्भाव र विश्वासले शाओमी नेपाली बजारको नम्बर एक स्मार्टफोन ब्राण्ड बन्न सफल भएको हो । यो हाम्रा लागि सानो उपलब्धि पक्कै होईन । शाओमीलाई नम्बर एक ब्राण्ड बनाउन सघाउने उपभोक्ता, विक्रेता तथा आयातकर्ता सबैको योगदानलाई हामीले राम्रोसँग बुझेका छौं र यो उचाईमा आँच आउन नदिन शाओमी प्रतिबद्ध छ । गुणस्तरीय उत्पादन, प्रतिबद्ध विक्री पश्चातको सेवा, र प्रतिस्पर्धी मूल्य यसका आधार हुन् जसमा शाओमीले कुनै सम्झौता गर्नेछैन ।

German IT security watchdog examines Xiaomi mobile phone | Reuters

नेपाली बजारमा अनाधिकृत रुपमा भित्रिने शाओमी स्मार्टफोनले बजारलाई कस्तो असर पार्ने गरेको छ ?
यसले हामीलाई विक्री पश्चातको सेवामा प्रभाव पार्छ । शाओमीको नीति अनुरुप अनाधिकृत रुपमा नेपाल भित्रीएका स्मार्टफोनलाई सेवा प्रदान गर्न बाध्य बनाईएको छैन । त्यसैले यसरी बजारमा भित्रिने उत्पादन उपभोक्ताको हातमा पुगेर केही समस्या पर्नगए त्यसमा सेवा उपलब्ध नहुँदा उपभोक्ताको समेत ब्राण्ड प्रतिको दृष्टिकोण नकारात्मक बन्नसक्ने देखिन्छ । तर, राजश्व छलेर, थोरै रकमका लागि उपभोक्ता अधिकारबाट समेत बन्चित गराउन गरिने यस्ता कार्यलाई शाओमीले समर्थन गर्दैन र यस्ता अनाधिकृत उत्पादनको विक्री वितरणमा हरसंभव रोक लगाउने प्रयत्न गर्दै पनि आएको छ । म आम उपभोक्तालाई समेत विना विल विजक तथा वारेन्टी यस्ता दोश्रो बाटोबाट भित्रिएका स्माटफोन तथा कुनै पनि उत्पादनहरु खरिद नगर्न आग्रह गर्दछु ।

शाओमीका आफ्नो ईकोसिस्टमको निर्माणमा कसरी अग्रसर हुँदै आएको छ ?
नेपाली बजारमा केही सिमित मोडलका स्मार्टफोन लिएर प्रवेश गरेको शाओमीले अहिले स्मार्टफोन, एप्लाईन्सेस तथा अफिस सिस्टमको ठूलो ईकोसिस्टम निर्माण गरिसकेको छ । टिभी, एअर फ्रायर, मोसन एक्टिभेटेड लाईट, स्मार्ट क्यामेरा, स्मार्टवाच, पावर बैंक, वड्स, ग्रुमिङ् किट, ल्यापटप, मनिटर र ट्याबलेट समेतको फराकिलो इकोसिस्टम शाओमीले नेपाली बजारमा विस्तार गरिसकेको छ । र, यो क्रम विस्तारीत हुँदै गएको छ, हामी निरन्तर यो इकोसिस्टममा उत्पादनहरु थपिरहेका छौं ।

नेपाली बजारमा राम्रो छवी बनाएको ब्राण्ड शाओमीको ब्राण्ड भ्यालुमा अझ निखारता ल्याउन के कस्ता योजनाहरु छन् ?
शाओमी हिजोका दिनमा जिरो मार्केटिङ् कस्ट नीतिमा चलेको ब्राण्ड हो । विना मार्केटिङ् कस्ट एउटा सफल ब्राण्ड बनाउन सफल शाओमी पछिल्ला दिनमा सफल मात्र होईन बलियो ब्राण्ड बनाउनुपर्छ भनेर अगाडि बढेको छ । यहाँले ध्यान दिनुभयो भने शाओमीले पछिल्ला दिनहरुमा ब्राण्ड एम्बेसडरको नियुक्ति, इन्फ्ल्युएन्सर मार्केटिङ् र मास मिडियमा गरिने विज्ञापनहरु सहित बलियो ब्राण्ड बिल्ङिमा केन्द्रित भएको छ । हामी नेपाली बजारमा पनि प्यारेन्ट कम्पनीको यही नीति अनुरुप अगाडि बढीरहेका छौं ।

 


प्रकाशित मिति : २०८१ आश्विन १३, आईतवार गते

धेरै पढिएको

ताजा समाचार