आशिष लामिछाने , रौतहट, अशोज १३: गुणस्तरीयतामा कुनै सम्झौता गर्दैनौं
अल्ताफ रहमान
प्रबन्ध निर्देशक, दुल्ला
दुल्लाको सफलताको कारण के लाई मान्नुहुन्छ ?
हामीलाई उपभोक्ताले पत्याईदिनुभयो, सफलताको प्रमुख कारण त्यही नै हो । तर, उपभोक्ताको त्यो विश्वास जित्न हामीले आहोरात्र मिहेनत गर्यौं । आफ्ना उत्पादनको डिजाईन, मेटेरियल छनौट, स्टिचिङ्, फिनिसिङ् र प्याकेजिङ्मा हामीले माईक्रो म्यानेजमेन्ट ग¥यौं । दुल्लाका हरेक उत्पादन प्रिमियम हुन्छन् भन्नेमा उपभोक्तालाई हर तरहबाट सुनिश्चित गरायौं जसले दुल्ला प्रति उपभोक्ताको विश्वास बन्यो र हामी सफलता उन्मुख भयौं ।
शुरुवातको दिनको दुल्ला र आजमा के फरक छ ?
हाम्रो कोर भ्याल्यु उही छ । गुणस्तरमा जिरो टोलोरेन्स । हामी उत्पादनको गुणस्तरीयतामा कुनै सम्झौता गर्दैनौं । मूल्यमा पारदर्शीता कायम गरेका गरेका छौं । हामी उपभोक्तामुखी छौं । वितेका ६ बर्षमा हामीले उल्लेख्य ग्राहकको साथ पायौं शुन्यबाट शुरु गरेर आज यो उचाईमा आईपुग्दा ठूलो परिवर्तन भईसकेको छ । दुल्ला आज ब्राण्ड बनिसकेको छ ।
दुल्ला प्रिमियम ब्राण्ड मानिनुका आधारहरु के हुन् ?
हामीले कायम गरेको गुणस्तरीयता नै यसको प्रिमियमनेस हो । दुल्लाका हरेक उत्पादनको प्रकृयामा त्यो उत्पादन प्रिमियम गुणस्तरको हुनैपर्छ भन्ने मान्यता राखिन्छ । अनि त्यही अनुरुपको डिजाईन, सोही अनुसारको कच्चा पदार्थको प्रयोग र उत्पादन प्रकृया आबलम्बन गरिन्छ । दुल्लाका सम्पूर्ण उत्पादनमा वारेन्टी र ग्राहक सेवाको सुनिश्चितता गरिन्छ । जसले दुल्लालाई अरुभन्दा पृथक स्थानमा राख्न सफल भएको हो ।
दुल्लाले आफ्नो ब्राण्डलाई अझ बलियो बनाउन के कस्ता कार्यहरु गर्दै आएको छ ?
हामीले ब्राण्डिङ् सँधै प्राथमिकतामा राख्दै आएका छौं । आज जहाँ छौं ब्राण्ड र ब्राण्ड प्रति उपभोक्ताको विश्वासले रहेका छौं । विभिन्न संचार माध्यम तथा सामाजिक संजालबाट हामीले दुल्लालाई थप बलियो र लोकप्रिय बनाउन निरन्तर मिहेनत गरिरहेकै छौं । हामी प्रचार प्रसार भन्दा अझ बढी वर्ड अफ माउथमा विश्वास राख्छौं, उत्पादनलाई सबल बनाएर ब्राण्डलाई हामी सबल बनाउन क्रियाशिल रहँदै आएका छौं ।