आशिष लामिछाने , रौतहट, अशोज १३: ग्राहक सेवाप्रतिको प्रतिबद्धताले, छोटो समयमै सफलता दिलाएको हो।
मुनिस गिरी
हेड–रिसर्च एण्ड स्ट्राटेजी, रिअलमी
रिअलमी कस्तो ब्राण्ड हो ?
सन् २०१८ मा स्थापना भएको रिअलमी निक्कै योङ् ब्राण्ड हो । रिअलमीले आफूलाई सँधै रिअल, योङ्, स्टायलिस र आउटस्ट्याण्डीङ् भनेर चिनाउँछ । युथ ओरिएन्टेड ब्राण्ड रिअलमी डिजाईन र प्रविधीमा सँधै सम्मुन्त रहँदै आएको छ । विश्वका ६१ भन्दा बढी देशमा विक्री वितरण हुँदै आएको रिअलमी स्मार्टफोनका अलावा विभिन्न किसिमका मोबाईल एक्सेसोरिजहरुको उत्पादन गर्दै आएको छ । स्थापनाको तिन बर्ष नपुग्दै सय मिलियन डिभाईसको विक्री वितरण गर्न सफल भएको रिअलमीले २०० मिलियन भन्दा बढी स्मार्टफोन उपभोक्ताको हातमा पु¥याईसकेको छ ।
रिअलमीले नेपाली बजारमा कस्तो परिणाम देखाएको छ ?
रिअलमी नेपाली बजारका उत्कृष्ठ तिन मध्येको एउटा ब्राण्ड बन्न सफल भएको छ । नेपाली बजारमा हामीले निरन्तर गरेको मिहेनत, प्रबद्र्धन, गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी मूल्य निर्धारण र ग्राहक सेवामा हामीले देखाएको तदारुकताले हामीलाई यो सफलता प्राप्त भएको हो ।
अत्यन्त प्रतिस्पर्धात्मक अवस्थामा प्राप्त यस सफलताई कसरी लिनुहुन्छ ?
टेक मार्केटमा निक्कै प्रतिस्पर्धा हुनेगर्छ । त्यसमा पनि मोबाइल मार्केटको त कुरै नगरौं । कुनैपनि डिभाईसको डिजाईन र स्पेसिफिकेसनका आधारमा बजारले नै यती मूल्यको हुनुपर्छ भनेर औंल्याउन सक्ने अवस्था भएकाले पनि मोबाइलमा विद्यमान बजारमा ठूलो प्रतिस्पर्धा देखिएको हो । मोबाइलको कारोबारको भोल्युम ठूलो हुने र निक्कै सानो मूनाफामा उत्पादक, वितरक तथा विक्रेता समेतले कारोबार गर्ने भएकाले यस ब्यावसायमा कट थ्रोट प्रतिस्पर्धाको सामना गर्नुपरेको हो । मैंले विद्यमान यस प्रतिस्पर्धालाई सकारात्मक रुपमै लिने गरेको छु, जसले आम उपभोक्तालाई भने लाभान्वित गराउँछ । विद्यमान प्रतिस्पर्धाका कारण मोबाईल ब्राण्डहरु अग्रस्थानमा आउन डटेर प्रतिस्पर्धा गर्दा मूल्य र सेवा दुवैमा उपभोक्ताहरुले फाईदा नै पाईरहेका छन् ।
रिअलमी अरु मोबाईल ब्राण्ड भन्दा कसरी भिन्न छ ?
रिअलमीका प्रोडक्टमै दम छ भन्दा अतियुक्ती नहोला । फिचरमा उत्कृष्ठ र डिजाईनमा प्रिमियम भएकै कारण रिअलमी आज उपभोक्ताले निक्कै रुचाएका हुन् । रिअलमीले सबै बर्ग र सबै उमेर समूहका उपभोक्ताका लागि स्मार्टफोन बजारमा ल्याएको छ । मूल्यमा होस् या डिजाईनमा होस् रिअलमी सदैब उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । रिअलमीले शोध तथा अनुसन्धानमा गरेको ठूलो लगानीको प्रतिफल मान्नुपर्छ आज सहजै आम उपभोक्ताको रोजाईमा पर्न सफल भएको छ । रिअलमीले उपभोक्ताले रुचाउने डिजाईन, उपभोक्तालाई चाहिने विशेषता र उपभोक्ताको बजेटमा फिट हुने स्मार्टफोन बजारमा ल्याउने भएकाले यसलाई बजारमा सफलता हाँसिल भएको हो ।
ब्राण्डिङ् र पब्लिक अवेरनेसमा रिअलमी कसरी अगाडिबढीरहेको छ ?
रिअलमी बजारमा विद्यमान धेरै ब्राण्डको तुलनमा नयाँ ब्राण्ड हो । यद्धपी आम जनमानसमा जुन स्तरको ब्राण्ड अवेरनेस हाँसिल गर्न सफल भएको छ त्यो रिअलमीका लागि ठूलो उपलब्धि हो । रिअलमीले यो अवेरनेस हाँसिल गर्न ब्राण्डिङ् एण्ड प्रोमोसनका सबै टुल्सहरु उपयोगमा ल्याएको छ । एटिएल, विटिएल, डिजिटल अनि इन्फ्ल्युएन्सर मार्केटिङ् पनि हामीले निरन्तर गरिरहेका छौं । गेमर र भ्लगरहरुले पनि रिअलमीको ब्राण्डिङ्का लागि रिअलमीलाई निरन्तर सहयोग गर्दै आएका छन् ।
हाम्रा प्रोमोटरहरु तथा रिटेलरहरुले ग्राहकलाई हाम्रा उत्पादनको गुणस्तर र विशेषतका बारेमा जानकारी दिंदै आएका छन् भने एकपल्ट रिअलमीको प्रयोग गरेका उपभोक्ता स्वयं हाम्रो ब्राण्ड एम्बेसडर बनेर थप संभावित उपभोक्तालाई उत्पादन र ब्राण्डको रुपमा बताउँछन् । यो रिअलमीका लागि ब्राण्डिङ् एण्ड अवेरनेसमा सबभन्दा ठूलो उपलब्धि हो ।
रिअलमी किन किन्ने ?
किफायती मूल्यमा, आकर्षक डिजाईन अनि दमदार परफरमेन्स भएका स्मार्टफोन चाहिन्छ भने रिअलमी उपभोक्ताको रोजाई हुनुपर्छ । रिअलमीका स्मार्टफोन किनेर कुनै पनि उपभोक्ताले अफसोच महशुष गर्नुपर्ने छैन । ग्राहकले आवश्यक परेको कुनै पनि ग्राहक सेवा सहज र सजिलै प्राप्त गर्न सक्नेछन्, रिअलमीले प्रोमिस गरेको सफ्टवेयर अपडेट होस् या परफरमेन्सको वेन्चमार्किङ् रिअलमी त्यसमका कहिल्यै पछाडी रहँदैन । त्यसैले मूल्यमा किफायती र ड्युरेबल स्मार्टफोन खोज्नेहरुको रोजाई रिअलमी हुनुपर्छ ।