नथिङ बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड


आशिष लामिछाने , रौतहट, अशोज १० : युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ । सन् द्दण्द्दद्द मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् द्दण्द्दद्ध को पहिलो चौमासिक सम्म आईपुग्दा टघढ प्रतिशतको बार्षिक बृद्धि हाँसिल गर्न सफल भएको हो । यो अप्रत्यासित बृद्धिदर हाँसिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन नथिङ फोन टु ए को मुख्य भूमिका रहेको मार्केट रिसर्च फर्म क्यानालिसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।


स्मार्ट फोन डिजाईन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाईन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाईन गरिन आवश्यक छ भन्दै नथिङका संस्थापक कार्ल पेई ले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाईनमा विश्व बजारमा सन् द्दण्द्दद्द मा उतारेका थिए । आम उपभोक्ताले यसलाई अत्याधिक रुचाए । यो विश्व बजारको तत्कालिन फ्ल्यागसिप किलर बन्न सफल भयो । जसको दोश्रो संस्करण फोन टु प्रति उपभोक्ताको उस्तै उत्साहजनक प्रतिक्रिया रह्यो । जसले उत्साहित भएको नथिङले उही डिजाईन ल्याङ्ग्वेज र उही प्रिमियमनेसमा अझ एफोर्डेबल बनाउँदै नथिङ फोन टु ए विश्व बजारमा उतारेपछी नथिङ ठूला स्मार्टफोन उत्पादकलाई नथिङ ठूलो चुनौती बन्ने देखिएको हो । भारत जस्तो मूल्यमा ज्यादै संवेदनशिल बजारमा नथिङ फोन टु ए एकैदिनमा एक लाख युनिट विक्री गरेर रेकर्ड कायम गर्न सफल भयो ।

नथिङ फोन टु ए को सफलता सँगै नथिङले नथिङ फोन टु ए प्लस गएको जुलाईमा विश्व बजारमा उतारेको थियो । जुन हालै नेपाली बजारमा भित्रने तरखरमा छ । यो नथिङ फोन टु ए को अपग्रेडेड भर्सन हो भन्दा फरक पर्दैन । फोनको ब्याक डिजाईनमा हलुका अपडेट उल्लेख्य परफरमेन्समा धेरै अपग्रेड सहित आएको नथिङ फोन टु ए प्लसले फेरी एकपटक टेक इन्थ्युजियास्टको ध्यानाकर्षण गर्न सफल भएको छ ।
यता नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सिजी मोबाईलले नथिङ नेपाली बजारमा केही महिना अगाडि आधिकारीक रुपमा लन्च गरेको हो । चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रतक्ष्य संलग्नतामा नथिङ नेपाली बजारमा भित्रिएकोले यो ब्राण्ड प्रति चौधरी समूहको लगाव र संभाब्यता बोकेको ब्राण्ड भएको प्रष्टै देखिन्छ ।

नथिङले स्मार्टफोनमा मात्र नभएर बड्समा समेत ठटढ प्रतिशतको बृद्धि हाँसिल गरेको छ । टाढैबाट डिजाईनमा अलग देखिने नथिङले आफ्नो दोश्रो ब्राण्ड सिएमएफ सन् द्दण्द्दघ मा लन्च गरेको थियो । प्रतिस्पर्धी बजारमा बढी उपभोक्ता माझ पुग्नका लागि प्रतिस्पर्धी मूल्यका स्मार्टफोन, बड्स् तथा स्मार्टवाच समेत सिएमएफले उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।

 

नथिङको रिप्लेसमेन्ट पोलिसी
नेपाली बजारमा स्मार्टफोन उपभोक्ताले विक्री पश्चात पाउनुपर्ने सेवाको गुणस्तर राम्रो छैन भन्ने गुनासो गरिरहेको बर्तमान अवस्थामा नथिङले भने इन्सट्यान्ट डिभाईस रिप्लेसमेन्ट पोलिसी लिएर आएको छ । अर्थात वारेन्टी अवधिमा रहेको नथिङका कुनै पनि स्मार्टफोन तथा एक्सेसोरिज्मा कुनै पनि समस्या देखिए तत्काल ग्राहकले रिप्लेसमेन्टमा नयाँ डिभाईस पाउनेछन् । वारेन्टी सकिएको अथवा कुनै फिजिकल ड्यामेज भएको खण्डमा समेत नथिङका स्मार्टफोन ग्राहकले रिप्लेसमेन्टमा नयाँ सेट पाउँछन्, त्यसका लागि भने ड्यामेज भएको वा रिपेयर गर्नुपर्ने सामाग्रीको मूल्य भने ग्राहकले तिर्नुपर्नेछ ।

 


प्रकाशित मिति : २०८१ आश्विन १०, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार