फेरि बढ्न थाल्यो कच्चा तेलको दाम, प्रतिब्यारल ८६ डलर नजिक


एजेन्सी, अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको भाउ उकालो लाग्न थालेको छ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारल ८६ डलरको हाराहारी अन्तिम कारोबार भएको छ।

बुधबार ब्रेन्ट क्रुड ३७ सेन्टले बढेर प्रतिब्यारल ८५.८८ डलरमा कारोबार भएको छ। अघिल्लो दिन मंगलबार पनि ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारमा १ डलर बढीको बढोत्तरी भएको थियो।

डब्ल्यूटीआई क्रुड पनि बुधबार ४७ सेन्टले बढेर ८१.६३ डलरमा अन्तिम कारोबार भएको छ। अमेरिकामा कच्चा तेलको आपूर्तिभन्दा बढी खपत भएकै कारण मूल्य बढेको विज्ञहरु बताउँछन्।

चीनको अर्थतन्त्रमाथि वैश्विक चिन्ता कम हुँदै जाँदा कच्चा तेलको भाउ बढ्न थालेको उनीहरुको भनाइ छ।


प्रकाशित मिति : २०८० भाद्र १४, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार