काठमाडौं, शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार, देशको पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहिकत भारी वर्षा हुन सक्छ ।
यसै कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षयजस्तो प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम र क्षतिबाट बच्न महाशाखाले अनुरोध पनि गरेको छ ।