कति छ आज सुनचाँदीको मूल्य ?


५ पुस, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १९ हजार तोलामा छापावाल सुनको कारोबार हुँदा १ लाख १८ हजार ४५० रुपैयाँ तोलामा तेजावी सुन खरिद बिक्री भइरहेको छ । बुधबार पनि सोही मूल्यमा सुनको खरिद बिक्री भएको थियो ।

बिहीबार चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँ बढेको छ । महासंघका अनुसार बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४८० रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको खरिद बिक्री प्रतितोला १ हजार ४६५ रुपैयाँमा भएको थियो ।


प्रकाशित मिति : २०८० पुष ५, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार