जैशिदेवल युथ क्लवको आयोजना तथा काठमाडौं महानगरपालिको मुख्य प्रायोजनमा मिति २०८३ बैशाख २४-२६ गते सम्म दशरथ रङ्गशाला कवर्डहल, त्रिपुरेश्वरमा “स्व. पि.एल सिंह स्मृति छैठौं बागमती प्रदेश स्तरिय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३” आयोजना हुन लागेको छ। उक्त प्रतियोगितामको लागि Agro Thai Foods Pvt. Ltd. द्वारा रु. ५,००,००० नगद बराबरको १ के.जी.तौलको चाँदीको रनिङ शिल्डको सौजन्य उपलब्ध गराइएको छ। आज मिति २०८३ बैशाख २० गते Agro Thai Foods Pvt. Ltd. को प्रधान कार्यालय, कमलादीमा कम्पनीका Brand Manager श्री अमित झाज्यू र जैशिदेवल युथ क्लवका अध्यक्ष श्री राजेश प्रजापतिज्यू विच रनिङ शिल्ड सौजन्यका लागि कार्यगत सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
प्रतियोगितामा बागमती प्रदेश अन्तर्गतका २५ भन्दा बढी महानगरपालिका/नगरपालिका/उपनगरपालिका टिमबाट करिव ५०० खेलाडीहरुको सहभागीताका रहने छ। प्रतियोगितामा सवै खेलाडीहरुको इन्स्योरेन्स, नि:शुल्क सहभागी दर्ता, नि:शुल्क नास्ता र खाना, टिसर्ट, कोच, निर्णायक, प्रशिक्षक तथा अतिथिहरुलाई ज्याकेट, आयोजक टिमका खेलाडीहरूलाई ट्रयाकसुट तथा उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई जनही USD 100 सहित ट्रफी प्रदान गरिनेछ भने टिम प्रथमलाई १ के.जी. चाँदीको रनिङ शिल्डबाट सम्मानित गरिने छ जानकारी जैशिदेवल युथ क्लवका अध्यक्ष श्री राजेश प्रजापतिज्यूले बताउनुभयो।

