Rohit Sharmaको फिटनेस शंका, मुम्बईलाई दबाब


इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल मुम्बईस्थित वानखेडे स्टेडियम मा बेलुका ७:४५ बजे सुरु हुनेछ। प्लेअफ पुग्ने सम्भावना जोगाइराख्न दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ।

यो‌ सिजन मुम्बईले सुरुआत राम्रो गरे पनि अहिले तालिकाको नवौँ स्थानमा झरेको छ। ९ खेलमध्ये मुम्बईले केवल २ खेल मात्र जितेको छ।

टोलीका मुख्य खेलाडी रोहित शर्मा चोटका कारण पूर्ण फिट छैनन्। उनले खेलअघिल्लो दिन फिटनेस परीक्षण दिएका छन्। रोहित खेल्न सके मुम्बईका लागि ठूलो राहत हुनेछ।

त्यस्तै सूर्यकुमार यादव र हार्दिक पाण्ड्या अपेक्षाअनुसार रन बनाउन सकेका छैनन् भने बलर जसप्रित बुमराह ले पनि नियमित विकेट लिन सकेका छैनन्।

मुम्बईजस्तै लखनऊको अवस्था पनि खासै राम्रो छैन। सिजनको सुरुवातमा ३ खेलमध्ये २ जितेको लखनऊ अहिले लगातार पाँच खेल हारेर दबाबमा परेको छ।

टोलीका बलरहरूले राम्रो प्रदर्शन गरे पनि ब्याटिङ पक्ष कमजोर देखिएको छ। विशेषगरी निकोलस पूरन अपेक्षाअनुसार रन बनाउन सकेका छैनन्।

लखनऊका लागि भने जोश इंग्लिस यस सिजन पहिलो पटक खेल्ने सम्भावना छ। कप्तान ऋषभ पन्तको नेतृत्वमा रहेको टोलीलाई प्रतियोगितामा टिकिरहन सामूहिक प्रदर्शन आवश्यक छ।

मुम्बईका लागि युवा ब्याटर नमन धिर राम्रो लयमा छन्। उनले पाँच इनिङ्समा दुई अर्धशतकसहित २ सय ३३ रन बनाएका छन्। लखनऊतर्फ भने बलर मोहसिन खान उत्कृष्ट लयमा छन्। उनले ४ खेलमा ९ विकेट लिएका छन्।

वानखेडेको पिच सामान्यतया उच्च स्कोर हुने मानिन्छ। यसअघि यही पिचमा मुम्बईले बनाएको १९५ रन पञ्जाब किंग्स ले सहजै भेटाएको थियो। आजको खेलमा पनि उच्च स्कोर हुने सम्भावना रहेको अनुमान गरिएको छ‌।


प्रकाशित मिति : २०८३ बैशाख २१, सोमबार गते

धेरै पढिएको

ताजा समाचार