डीएसपीदेखि आईजीपीसम्म लामो अनुभवसहित नेतृत्वमा उक्लिएका पौडेल


नवनियुक्त सशस्त्र प्रहरी बल  नेपाल (एपीएफ) का महानिरीक्षक (आईजीपी) लाई सोमबार आयोजित विशेष समारोहबिच दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ।

यही वैशाख १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले  ज्येष्ठता, कार्यकुशलता र कार्यक्षमताका आधारमा नारायणदत्त पौडेललाई अर्ध सैन्य संगठन  सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियोे ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा गृहसचिव श्रेष्ठले नवनियुक्त सशस्त्र प्रहरी बलका महानिरीक्षक पौडेलले संगठनको सुदृढीकरण, पारदर्शिता र वलियो राष्ट्रिय सुरक्षामा थप योगदान पुग्ने बताउनुभयो । उहाँ संगठनका समस्याहरू आन्तरिक रूपमा समाधान गरी तोकिएका जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

दर्जयानी चिन्ह शुशोभनपछि मन्तव्य राख्नुहुँदै नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संविधान,कानुन अनुसार जन अपेक्षालाई पूरा गर्ने गरी ईमानदारी र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारी, गृह मन्त्रालयका कर्मचारी तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।

नवनियुक्त आईजीपीले संगठनको व्यावसायिकता, अनुशासन र नागरिकमैत्री सुरक्षा सेवामा थप सुधार गर्ने प्रतिबद्धता व्यक्तगर्नु भएको छ । उहाँले सीमा सुरक्षा, विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।

सशस्त्र प्रहरी बलमा लामो अनुभव संगाल्नु भएका पौडेलले विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनभित्र नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आउनुभएको छ।

सशस्त्र प्रहरी सेवामा प्रवेश गरेपछि पौडेललले १८ असार २०५८ मा कायम मुकायम सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) को जिम्मेवारी पाउनुभएको थियो ।

त्यसैगरी विसं २०५८ चैत  १८ मा  स्थायी रूपमा डीएसपीमा बढुवा हुनु भएको थियो । त्यसपछि २९ चैत २०६३ मा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र  विसं २०७० जेठ २ गते  उहाँ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा हुनुभएको थियो ।

विसं २०७५ कात्तिक १३ गते सशस्त्र प्रहरी महानिरीक्षक (डीआईजी) मा बढुवा हुनुभएको पौडेल विसं २०७९ जेठ  ६ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा हुँदै पौडेल संगठनको उच्च नेतृत्वमा पुग्नुभएको हो  । सरकारले हालै मन्त्रिपरिषद्को निर्णयमार्फत उहाँलाई सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त गरेको हो।


प्रकाशित मिति : २०८३ बैशाख २१, सोमबार गते

धेरै पढिएको

ताजा समाचार