२०२४ डिसेम्बर २६,आशिष लामिछाने : बुधबार राति भएको खेलमा वुल्भ्सले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा ब्रुनो फर्नान्डेजलाई दोहोरो पहेँलो कार्ड देखाएर मैदानबाट बाहिर पठाएपछि १० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै वुल्भ्सले महत्वपूर्ण तीन अङ्क जोडेको हो ।

५८औँ मिनेटमा म्याथ्युस कुन्हाले गरेको गोलबाट अग्रता लिएको वुल्भ्सले खेलको इन्जुरी समयमा ह्वाङ ही-चानको गोलबाट जित सुनिश्चित गरेको थियो ।
यसअघि पनि वुल्भ्सले २२ डिसेम्बरमा लेइसेस्टर सिटीलाई ३-० ले पराजित गरेको थियो ।


