नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमा कसले क जिते त ?


जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन् ।

प्रतियोगिताको उत्कृष्ट बलर हुदै ललितले बाइक पाएका हुन् । शनिवार सम्पन्न लिगमा ललित आबद्ध जनकपुर च्याम्पियन भएको थियो । जनकपुरलाई च्याम्पियन बनाउँन ललितले १७ विकेट लिएका थिए । १० खेलमा ४० ओभर गरेका ललितले २ सय १३ रन खर्चिदैं १७ विकेट लिएका हुन् ।

उनी एनपिएलमा सर्वाधिक विकेटकर्ताको सुचीमा शीर्ष स्थानमा सुदूरपश्चिम रोयल्सका स्कट कुग्गेलेइनसँगै रहे । दुवैको नाममा लिगमा १७ विकेट रहेको छ ।

May be an image of 2 people and text

उता, जनकपुर बोल्ट्सका अलराउन्डर जेम्स निशम एनपिएलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । जनकपुरलाई च्याम्पियन बनाउँन बलिङ र ब्याटिङ दुवैमा योगदान गरेका निशम लिगकै सर्वोत्कृष्ट खेलाडी भएका हुन् ।

जनकपुरबाट ९ खेल खेल्दै निशमले १ अर्धशतकसहित २ सय ४७ रन बनाउँनुको साथै ७ विकेट पनि लिएका छन् ।

May be an image of 4 people and text

दीपेन्द्रले पाए कार

एनपिएलमा नेपाली खेलाडी मध्येका सर्वोत्कृष्ट हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् । उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् ।

May be an image of 3 people and text that says 'Ncell WOLF7Z7 WOLF777 ZZ7 SIDDHARTHA อหดอก Jnucao JAREOO HAPPYDENT SiddharthaBrk OMOEL KFC Ncell TNPL NPL Suldhuarthann Forwadty Ncell OSPIL Siddharthafan ZOLF777 SiddharthaBrs ancan SiddharthaBar SiddharthaBark ALTRAVI Siddharthals Siddhartha dharthaiar SiddharthaBan Siddharthal Cun ดจก N Siddhartha Ncell Siddharth sidential TA arthaBak Siddhar SUS LTRAMOLCTTE F777 FC No Nce ANI GIDDHARTH ന SU 北花T目A5年 모란 pMeM ® CNOL လဂ viv Nc OLI le NE OMOON NPL SPIL e IVEN oл DRIVENBY OMOON LECO SIDDHA SUPA 리소도 OMOON JNECOO Presi ม GMOON SIDDHART Ncell P ULTRA K khalti Na Preside SANIMA aMODN: Jh DM OMOON JUE Nce No K kha'

उनले ओमोडाको ६२ लाख रुपैयाँ मुल्यको‌ कार प्राप्त गरेका हुन् । प्रतियोगितामा दीपेन्द्रले २ सय २७ रन बनाउँदा ९ विकेट हात पारेका थिए ।

कर्णालीका विपिन उदीमान

कर्णाली याक्सका विपिन शर्माले एनपिएलको उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।

May be an image of 2 people, people playing tennis and text

विपिन चितवन राइनोजसँगको खेलमा प्लेयर अफ द म्याच समेत भएका थिए । उदीयमान खेलाडी बनेका विपिनले नगद रु ५० हजार र १० लाख बराबरको छात्रवृत्ती प्राप्त गरेका छन् ।

इङ्ग्ल्याण्डका जेब प्लेयर अफ द टुर्नामेन्ट

सुदूरपश्चिम रोयल्समा आबद्ध भएका इङ्ग्ल्याण्डका अलराउण्डर सेफ अलि जेब लिगको प्लेयर अफ द टुर्नामेन्ट भएका छन् । उनले लिगको ९ खेलमा २ अर्धशतकको सहयोगमा २ सय ७५ रन तथा १२ विकेट समेत लिएका थिए ।

उनले प्लेयर अफ द टुर्नामेन्ट बन्दै नगद रु ५ लाख प्राप्त गरेका छन् ।

May be an image of 3 people and text


प्रकाशित मिति : २०८१ पुष ७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार