ठाकरकाे ५ विकेटमा लुम्बिनीमाथि जनकपुरको रोमाञ्चक जित


 सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि रोमाञ्चक १ रनको जित हासिल गरेको छ ।

लगातार चौथो जित निकाल्ने क्रममा आइतवारको पहिलो खेलमा जनकपुरले लुम्बिनीलाई हराएको हो । १ सय ३७ को मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउँन सक्यो ।

May be an image of 4 people and text that says 'CNPL า 1 Siddhar Siddharthasrs NPL NEPALPREMER EAQUE Poweredby Ncell MANCH14 14 ini...ia! BOLTS 136/9 (20) 肉 ਦਸपिਸ 9 RASIF UMBINS UMBINI S IL mNAS IO 81 ona 아! 135/8 (20) SS JANAKPUR BOLTS WON BY JANAKPURBOLTSWONBY1RUN 1 RUN'

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन जोडे । उनले ३८ बलमा ३ चौका प्रहार गरे । रोहित १ सय ८१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।

अन्तिम बलमा जितका लागि २ रन आवश्यक रहेकोमा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि जनकपुरले लगातार चौथो जित हात पार्यो ।

टम मुर्सले २३ बलमा १ चौका र २ छक्काको सहयोगमा ३१ रन जोडेर हर्ष को बलमा आउट भए । अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ९ रन चाहिएको थियो । हर्षले ७ रन मात्र खर्चिएर टोलीलाई लगातार जित दिलाउन योगदान गरे ।

लुम्बिनीले पहिलो विकेटका रुपमा आउट भएका आशुतोष घिरैयाले १४ बलमा ८ रन जोडे । आशुतोष ललित राजवंशीको बलमा हर्षद्वारा क्याच भए । अर्का ओपनर अर्जुन साउद २३ बलमा २० रन बनाउँदै आउट भए ।

जनकपुरका लागि हर्षले ५ तथा किशार महतो, शेर मल्ल र ललित राजवंशीले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रनको योगफल बनाएको थियो ।

जनकपुरका कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे । अनिल सन्दीपको बलमा विवेक यादवबाट समातिए ।

लाहिरु मिलन्थाले २३ बलमा २ चौकाको सहयोगमा २४ रन बनाए । सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका लाहिरुको १ सय ६८ रन छ ।

यसै खेलमा डेब्यु गरिरहेका अभिशेष गौतमको बलमा लाहिरु आउट भए । शुभ कसांकरले २४ बलमा नट आउट २२ रन जोडे ।

लाहिरु आउट भए लगत्तै दुई बलमा पछि अभिशेषले नै हर्षलाई आउट गरे । त्यसको दुई बल पछि नै अभिशेषले अर्का विदेशी खेलाडी जिमी निशमलाई आउट पारे । अभिषेशले १३औं ओभरमा महत्वपूर्ण ३ विकेट लिँदै लुम्बिनीलाई खेलमा फर्काए ।

May be an image of 1 person and text

१६औं ओभरको दोस्रो बलमा विदेशी खेलाडी मोहसिन खानलाई कप्तान रोहितले एलबिडब्लु धरापमा पारे । मोहसिन आउट भएपछि क्रिजमा आएका शेर मल्ल त्यसको २ बलपछि रोहितको एलबिडब्लु धरापमा नै परे ।

पहिलो विकेटका रुपमा जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १० बलमा १६ रन बनाउँदै साद विन जाफरको बलमा विवेकबाट क्याच आउट भए । एक समय ९५ रनमा १ विकेट गुमाएको जनकपुरले ४१ रन जोड्दा ८ विकेट गुमाएको थियो ।

लुम्बिनीका अभिशेषले ४ ओभरमा २० रन खर्चिएर महत्वपुर्ण ३ विकेट लिए । कप्तान रोहित र साद विन जाफरले समान २ तथा सन्दीपले १ विकेट लिए ।

विजेता जनकपुरले प्लेअफ सम्भावना बलियो बनेको छ । यसअघि जनकपुरले विराटनगर, कर्णाली याक्स र पोखरालाई पराजित गरेको थियो ।

लगातार ४ खेलमा हार बेहोरेरको लुम्बिनीले यस हारबाट प्लेअफ सम्भावना कठिन भएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दैछन् ।


प्रकाशित मिति : २०८१ मंसिर २३, आईतवार गते

धेरै पढिएको

ताजा समाचार