जि मोटर्स प्रा. लिका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल भन्छन “स्वास्थ्य प्रतिस्पर्धाको विकासमा नाडाको सक्रियता अत्यावश्यक छ”


आशिष लामिछाने , रौतहट, अशोज ९  : जि मोटर्स प्रा. लिका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल भन्छन “स्वास्थ्य प्रतिस्पर्धाको विकासमा नाडाको सक्रियता अत्यावश्यक छ”।

राज्यले सकारात्मक नीति लिएकै कारण नेपालमा विद्युतीय सवारी साधनको विक्री वितरणमा उल्लेख्य परिणाम हाँसिल हुन सकेको हो । दिईएको कर छुट र बैंक लगानीमा सुविधा नै यसको प्रमुख आकर्षण हो । तर, अघिल्लो बजेट हेर्ने हो भने समग्र करका दरहरु बढाईएको छ ।

कैलाश बाबु गेलाल
प्रबन्ध निर्देशक, जि मोटर्स प्रा. लि.
आधिकारीक अधिकृत विक्रेताः स्काईवेल

विद्युतीय सवारी साधन बजारको पछिल्लो अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
विद्युतीय सवारी साधन विश्व बजारकै ट्रेण्ड हो । संसारको जुनसुकै कुनमा विद्युतीय सवारी साधनको चर्चा उत्तिकै छ । कुनै बजारले सजिलै एडप्ट गरेको छ भने कुनै क्षेत्रमा विद्युतीय सवारी साधनहरु रुचाईएका छैनन् । नेपाल अप्रत्यासित रुपमा अर्लि एडप्टर हो, विद्युतीय सवारी साधनको क्षेत्रमा । यसमा राज्यले विद्युतीय सवारी साधनको विकासमा सकारत्मक नीति निर्माण गरिदिएकाले नेपालमा युरोपेली मुलुकहरुसँग तुलना गर्न सकिने स्तरमा विद्युतीय सवारी साधनको विक्री वितरण हुन सकेको हो ।
अहिले नेपालमा चिनियाँ विद्युतीय सवारी साधनको बाढी नै आएको छ । प्यासेन्जर कार सेग्मेन्ट होस् या कमर्सियल भेहिकल सेग्मेन्ट विद्युतीय सवारी साधनले राम्रो बजार विस्तार गर्न सफल भएका छन् । दुईपांग्रे विद्युतीय सवारी साधनले भने नेपाली बजारमा अपेक्षाकृत सफलता हाँसिल गर्न सकिरहेको देखिंदैन ।

नेपाली बजारमा भईरहेका विद्युतीय सवारी साधनको आयात परिमाणलाई कसरी लिनुहुन्छ ?
आईस इन्जिन युक्त गाडीहरुको विक्री ठप्प प्राय छ । त्यसैले नेपालमा त्यसको ग्याप फुलफिल गर्न विद्युतीय सवारी साधनको आयात भईरहेको हो । एकातर्फ राज्यले विद्युतीय कारहरुमा प्रसस्तै कर छुट प्रदान गरेको छ भने नीतिगत रुपमा समेत विद्युतीय कार खरिद गर्ने ग्राहकहरुलाई दिईने बैंकिङ् सुविधा होस् या सहजता होस् बढी छ । यसले नेपाली उपभोक्ता विद्युतीय कारको खरिदमा लालायीयत भएका हुन् । जस अवस्थालाई मध्यनजर गर्दै अटोमोबाईल ब्यावसायीहरुले निर्धक्क विद्युतीय कारको आयातलाई तिब्रता दिएको यहाँ नकार्न मिल्दैन । अहिलेको आर्थिक अवस्था र नेपाली बजारको आकार हेर्दा विद्यमान आयातको परिणाम अलिक बढी भएको महशुष हामीले पनि गरेकै छौं । तर, मलाई लाग्छ यो शुरुवाती चरणमा नयाँ ब्राण्डहरु धमाधम थपिईरहँदा हरेक ब्राण्डले दस बिस गाडी आयात गर्ने क्रममै पनि नयाँ कारहरुको ताँती देखिएको हो । यो समयसँगै फिल्टर भएर जानेछ । चल्ने, राम्रा र राम्रो परफरमेन्स भएका कारहरु बजारमा किनबेच भईरहनेछन् भने अन्य विस्तारै हराएर जानेछन् । यसका लागि बजारमा अलिकता म्याचुअरीटी आउनै पर्छ ।

नेपालमा स्काईवेल गाडीको आधिकारिक बिक्रेता जि मोटर्स मात्रै हो, अरु कम्पनीको विस्वास नगर्नु' – Singhadarbar.com

यहाँहरुले भित्र्याउनु भएको स्काईवेलवाट कस्तो अपेक्षा गर्न सकिन्छ ?
न्यु ईनर्जी भेहिकल्सका रुपमा चिनियाँ बजारमा आफ्नो बलियो क्षमता प्रदर्शन गर्न सफल स्काईवेल २०११ मा स्थापना भएर २०१७ बाट आफ्नो उत्पादन बजारमा ल्याउन सफल भएको थियो । नेपालमा भने हामीले गत बर्षबाट आयात तथा विक्री वितरणको थालनी गरेका हौं । स्काईवेल ईटी ५ मोडलबाट नेपाली बजारमा डेब्यु गरेको स्काईवेलका थप दुई मोडल हालै हामीले नेपाली बजारमा भित्र्याएको छ । स्काईवेल ईिटी ५ नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने विद्युतीय कारहरु हुन् अनि फुल साईज एसयुभी स्काईवेल किफायती मूल्यमा प्रिमियम एसयुभी चाहने ग्राहकहरुको पहिलो रोजाई बन्न सफल भएको छ । नेपाली बजारमा स्काईवेलको पावर, परफरमेन्स, रेन्ज र उपलब्ध फिचरहरुका आधारमा स्काईवेलको दोश्रो प्रतिस्पर्धी नै छैन भने पनि फरक नपर्ला । त्यसैले पनि होला, हामीले शुरुवात देखि नै नेपाली अटोमोबाईल पारखीहरुको उल्लेख्य आकर्षण पाउन सफल भईरहेका छौं । हामीले शुरुवातमा आयात गरेका सिमित संख्याका गाडीहरु विक्री गर्न लामो समय कुर्नै परेन । हामीलाई ब्राण्ड र आयात गरिएको गाडी माथि जति विश्वास थियो सोही अनुरुपको विश्वास उपभोक्तामा समेत रहँदा हामी निक्कै उत्साहित भएका छौं । फलत हामीले मूल्यमा थप प्रतिस्पर्धी बन्ने योजनाकासाथ सानो ब्याट्री प्याक भएको र केही फिचर कम भएको ईटी ५ गाडी आयात गरेका हौं । यसले हामीलाई अझ प्रतिस्पर्धी र उपभोक्ताका लागि थप एफोर्डेबल बनाउनेछ ।

स्काईवेललाई नेपाली बजारमा सबल ब्राण्ड बनाउने के कस्ता योजनाहरु रहेका छन् ?
हामीले स्काईवेललाई नेपाली बजारमा सही पोजिसनिङ्ग मात्र होईन उपयुक्त प्राईसिङ्गमा पनि उत्तिकै सजकता अपनायौं । नेपाली अटोमोबाईल क्षेत्रमा लामो समय रिटेलिङ्गको अनुभव भएकाले हामीले ग्राहकको आवश्यकता र मनोभाव राम्रोसँग बुझेका छौं । हामीले ग्राहकलाई विक्री पश्चातको सेवामा नयाँ अनुभव दिलाउन हमेसा प्रयत्न गरिरहेका छौं । यथेष्ठ स्पेयर्स पार्टस्को उपलब्धता र स्पेयर्स पार्टस्को मूल्यमा सुलभताको सुनिश्चितता दिलाएका छौं । हामी विक्री पश्चातको सेवामा उच्च प्राथमिकता दिंदै ग्राहकको विश्वास आर्जनको रणनीति लिएका छौं । ग्राहकको सम्पूर्ण सन्तुष्टिका लागि हामी कुनै कसर बाँकी राख्नेछैनौं त्यो हाम्रो प्रतिबद्धता हो ।

नाडा अटो शाेमा हटकेक बन्यो 'स्काईवेल बी ११'-Sutra News

अहिले बढ्दो क्रममा रहेको प्रतिस्पर्धालाई कसरी लिनुहुन्छ ?
स्वास्थ्य प्रतिस्पर्धा हुनु ज्यादै राम्रो कुरा हो । खुल्ला अर्थबजारमा स्वास्थ्य प्रतिस्पर्धाले आम उपभोक्तालाई लाभान्वित गराउँछ । तर, यहाँ बढ्दो ब्राण्डहरुको संख्या र ब्यावसायिकताको अभावमा अस्वस्थ्य प्रतिस्पर्धा हावी नहोला भन्न सकिंदैन । यसमा हामी समस्त ब्यावसायी र ब्यावसायीहरुको छाता सँगठन नाडा अटोमोबाईल्स एसोसिएसन पनि उत्तिकै सजक र संयमित हुन अपरिहार्य आवश्यकता रहेको देखिन्छ । अहिल्यै सानो आकारको नेपाली बजारमा तिन दर्जन इभि विक्री वितरण भईरहेका छन् त्यसमा पनि एउटै ब्राण्डका एक भन्दा बढी विक्रेताहरु नियुक्त गर्न केही कम्पनीले थालिसकेको अवस्था छ । यसले न त उपभोक्ताले आवश्यकता अनुरुपको सेवा प्राप्त गर्ने अवस्था बन्छ न त ब्यावसायीको सर्भाईभल नै सहज हुन्छ ।

merolagani - दुई हप्ता भित्र नेपाल भित्रिदै ६२० किलोमिटर रेन्ज दिने स्काइवेल गाडी, मूल्य १ करोड ९ लाख

राज्यले विद्युतीय सवारी साधनको प्रबद्र्धनमा कस्तो नीति लिनुपर्छ ?
राज्यले सकारात्मक नीति लिएकै कारण नेपालमा विद्युतीय सवारी साधनको विक्री वितरणमा उल्लेख्य परिणाम हाँसिल हुन सकेको हो । दिईएको कर छुट र बैंक लगानीमा सुविधा नै यसको प्रमुख आकर्षण हो । तर, अघिल्लो बजेट हेर्ने हो भने समग्र करका दरहरु बढाईएको छ । केही प्रतिशत बढाईएको करले यसबर्ष उत्तिसाह्रो प्रभाव नपारे पनि करका दरहरु बढाउँदै जाने नीति राज्यले लिएको खण्डमा यसको पनि हालत आईस ईन्जिनकै जस्तो निरिह बन्नेछ । त्यसैले नेपालमा विद्युतीय सवारी साधनको प्रबद्र्धन गर्दै पेट्रोलियम पदार्थको आयात घटाउने, स्वदेशी विद्युतको खपत बढाउने अनि पर्यावरणीय प्रबद्र्धनमा सघाउने हो भने विद्युतीय सवारी साधनको आयात तथा खरिद विक्रीमा दिईंदै आएको सुविधामा केही बर्ष हेरफेर गरिनु हुँदैन ।

विद्युतीय सवारी साधनको रिसेल भ्यालु हुँदैन, यसको मर्मत संभार खर्चिलो हुन्छ र यसले देशको अर्थतन्त्रमा योगदान गर्दैन भन्ने पक्षलाई यहाँको प्रत्युत्तर के हुनसक्छ ?
रिसेल भ्यालु कम हुन्छ भन्ने पक्ष नकार्न सकिंदैन, तर विद्युतीय सवारी साधनले बचत गर्ने इन्धन र यसले जोगाउने पर्यावरणको मूल्य रिसेल भ्यालुसँग तुलना गर्न हँुंदैन । ईभीले पृथ्वी र पर्यावरणलाई अमूल्य योगदान पु¥याउँछ । जहाँ सम्म मर्मत संभार खर्चको पक्ष छ । हामीले यसलाई आईस इन्जिनकै सवारी साधनको तुलनमा ल्याउने कोशिस निरन्तर गरिरहेका छौं, ब्याट्रीको मूल्य घट्दो क्रममा रहेकाले निकट भविष्यमा दिर्धकालिन मर्मत खर्च सम्बन्धि गुनासो सम्बोधन हुनेमा हामी ढुक्क छौं ।

रिभिउ हेर्नुहोस्: 

https://www.youtube.com/watch?v=3KZtYbz586Y

१ करोड पन्ध्र लाखको स्काईवेल अब ८० लाख भन्दा कम मूल्यमा | SKYWELL new price


प्रकाशित मिति : २०८१ आश्विन ९, बुधबार गते

धेरै पढिएको

ताजा समाचार