विकासशील देशमा स्तरोन्नतिबारे छलफल


काठमाडौँ, भदौ ४ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाबिच भेटघाट भएको छ । नेपालले अल्पविकसित मुलुकबाट स्तरोन्नति भएपछि सामना गर्नुपर्ने चुनौती, रोजगारी सिर्जना, लगानी प्रवर्धन, निर्यात विस्तार, युवा उद्यमशीलता तथा दिगो आर्थिक विकासका विषयमा छलफल भएको चेम्बरले जनाएको छ ।

अध्यक्ष अग्रवालले नेपालले एलडिसी स्तरोन्नति आफैँमा उपलब्धिका रूपमा नभई नयाँ आर्थिक रूपान्तरणको सुरुवातका रूपमा लिनुपर्ने बताउनुभयो । स्तरोन्नतिपछि व्यापारिक सुविधा, सहुलियतपूर्ण वित्त तथा अन्य प्राथमिकतामा पर्न सक्ने असरलाई सम्बोधन गर्न तत्कालै तयारी अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले एलडिसी स्तरोन्नतिका चुनौती सामना गर्न संयुक्त राष्ट्रसङ्घबाट आवश्यक प्राविधिक तथा नीतिगत सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो । उहाँले युवा उद्यमी तथा स्टार्टअप विकासका लागि संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्न सकिने बताउनुभयो ।

भेटमा संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक पिटर्स याहियाले चेम्बरले अघि सारेका सुझाव महìवपूर्ण रहेको बताउँदै निजी क्षेत्रसँग नियमित संवाद र सहकार्य गर्न आफू इच्छुक रहेको बताउनुभयो । एलडिसी स्तरोन्नतिका विषयमा याहियाले नेपालले अब सङ्व्रmमणकालीन रणनीति कार्यान्वयनमा गम्भीरतापूर्वक अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

एलडिसी स्तरोन्नति नेपालको आफ्नै जिम्मेवारी भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले आवश्यक सहयोग र सहजीकरण गर्न सक्ने तर नेतृत्व नेपालले नै लिनुपर्ने उहाँको भनाइ थियो । सङ्व्रmमण रणनीति कार्यान्वयनका लागि निजी क्षेत्रले सरकारसँग सक्रिय संवाद गर्न सुझाव दिनुभयो ।

याहियाले विदेशी लगानी आकर्षित गर्न नेपालले व्यावसायिक तथा न्यायिक प्रणाली सुधार, अन्तर्राष्ट्रिय मापदण्डको पालना, वाणिज्य कानुन तथा संस्थागत क्षमता सुदृढ गर्नुपर्ने पनि बताउनुभयो ।


प्रकाशित मिति : २०८३ भाद्र ४, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार