सिंहदरबारमा विपक्षीहरूको छुट्टै छलफल


२७ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा जुटेका छन् ।

रास्वपाले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीहरूको छलफल भइरहेको हो ।

‘परराष्ट्रमन्त्रीलाई बोल्न दिने वा नदिने, संसद् चल्न दिने वा नदिने भन्नेबारे साझा धारणा बनाउन छलफल भइरहेको छ,’ एक नेताले भने ।

विपक्षीहरूको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरू छन् ।


प्रकाशित मिति : २०८३ जेष्ठ २७, बुधबार गते

धेरै पढिएको

ताजा समाचार