पेरिस सेन्ट जर्मेन (पिएसजी) लिभरपुललाई २-० ले हराउँदै युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा


पेरिस सेन्ट जर्मेन (पिएसजी) लिभरपुललाई २-० ले हराउँदै युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।

उस्मान डेम्बेलेले २ गोल गरेपछि पिएसजीले दोस्रो लेगमा जित निकाल्दै समग्रमा ४-० को नतिजासहित अन्तिम चारमा प्रवेश गरेको हो। खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको थियो।

May be an image of football, soccer, cleats and text that says 'BEYOND EYOND QATAR AIRWAYS BEYOND B- YOND QATAR AIRWAYS 1'

खेलको सुरुवातमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल हुन सकेन। लिभरपुलले दोस्रो हाफमा लगातार आक्रमण गर्दै खेलमा फर्किने प्रयास गर्‍यो। मोहमद सलाहको पासमा मिलोस केरकेजले गरेको प्रहारलाई पकएसजीका गोलरक्षक मात्भेई साफोनोभले बचाए।

६५औँ मिनेटमा लिभरपुलले पेनाल्टी पाएको जस्तो देखिएको थियो। अलेक्सिस म्याक एलिस्टरलाई विलियन पाचोले लडाएपछि रेफ्री माउरिजियो मारियानीले सुरुमा पेनाल्टी दिए। तर भिएआर जाँचपछि निर्णय उल्ट्याइयो।

May be an image of ‎football, soccer, crowd and ‎text that says '‎ИAKΙMИ Z 홍한 LAITAR ALTAR A/RTNA A/R SMRIS EYOND HTAR קע RESTTET‎'‎‎

७२औँ मिनेटमा डेम्बेलेले बक्स बाहिरबाट शानदार प्रहार गर्दै पिएसजीलाई अग्रता दिलाए। खेलको अन्तिम समयमा लिभरपुलले बराबरी गोल खोज्ने प्रयास गरे पनि सफल हुन सकेन। उल्टै इन्जुरी समयको पहिलो मिनेटमा ब्राड्ली बारकोलाको क्रसमा डेम्बेलेले अर्को गोल गर्दै पिएसजीको जित पक्का गरे।

यो जितसँगै साविक विजेता पिएसजी सहज रूपमा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।


प्रकाशित मिति : २०८३ बैशाख २, बुधबार गते

धेरै पढिएको

ताजा समाचार