एट्लेटिको म्याड्रिड सेमिफाइनलमा! बार्सिलोनालाई समग्र ३-२ ले हराउँदै च्याम्पियन्स लिगको अन्तिम चारमा


एट्लेटिको म्याड्रिडले दोस्रो लेगमा बार्सिलोनासँग २-१ को हार बेहोरे पनि समग्रमा ३-२ को नतिजा निकाल्दै युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ।

म्याड्रिडस्थित मेट्रोपोलिटानो स्टेडियममा मंगलबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन प्रयास गरे पनि अन्तिम लक्ष्य पूरा गर्न सकेन।

पहिलो लेगमा २-० ले पछि परेको बार्सिलोनाले खेलको सुरुवातबाटै दबाब सिर्जना गर्यो। दोस्रो मिनेटमै लामिन यामालले खतरनाक प्रहार गरे।

त्यसपछि चौथो मिनेटमा नै यामालले फेरान टोरेसको पासमा दौडँदै पुगेर गोलरक्षक हुआन मुस्सोलाई छलाउँदै गोल गरे र बार्सिलोनालाई खेलमा फर्काए।

२४औँ मिनेटमा टोरेस आफैंले गोल गर्दै नतिजा बराबरीमा ल्याए। ३१औँ मिनेटमा एट्लेटिकोले आफ्नो अवसर सदुपयोग गर्‍यो। मार्कोस लोरेन्तेदायाँबाट अघि बढ्दै बल बक्सभित्र पठाए र अडेमोला लुकम्यानले पहिलो टचमै गोल गर्दै एट्लेटिकोको समग्र अग्रता पुनः बढाए ।

May be an image of ‎football, soccer and ‎text that says '‎للله AGG:3-2 Krak 112巷 cB CB 1 2 LOOKMAN 31' YAMAL 4' FERRAN TORRES FERRANTORRES24' 24'‎'‎‎

केही समयअघि फर्मिन लोपेजले अग्रता दिलाउने राम्रो अवसर पाए पनि मुस्सोले उत्कृष्ट बचाउ गरे। त्यस क्रममा उनको अनुहारमा गोलकिपरको बुट लाग्दा खेल केहीबेर रोकियो।

दोस्रो हाफको सुरुवातमा टोरेसले फेरि गोल गरेको जस्तो देखिए पनि गाभीको प्रहारबाट आएको बलमट उनी अफसाइडमा रहेकाले गोल मान्य भएन।

७९औँ मिनेटमा बार्सिलोनाको अवस्था झन् कठिन बन्यो। भिएआर जाँचपछि एरिक गार्सियालाई स्पष्ट गोल अवसर रोकिएको भन्दै रातो कार्ड दिइयो। उनले परिवर्तित खेलाडी अलेक्जान्डर सोर्लोथलाई तानेर लडाउन खोजे।

खेलको अन्तिम समयमा रोनाल्ड अराउजोले नजिकैबाट हेडरमार्फत खेल अतिरिक्त समयमा पुर्‍याउने अवसर पाए पनि बल पोस्टमाथि गयो।

May be an image of football, soccer, cleats and text

बार्सिलोनाका युवा स्टार यामालले आफ्नो १ सय ५०औँ खेलमा गोल गर्दै उत्कृष्ट सुरुवात गरे। उनको गोल ३ मिनेट ५१ सेकेन्डमा आएको हो।

जुन बार्सिलोनाले नकआउट चरणमा गरेको छिटो गोलमध्ये एक हो। यसअघि लियोनेल मेस्सीले सन् २०१८ मा चेल्सीविरुद्ध त्यो भन्दा छिटो गोल गरेका थिए।

अर्को खेलबाट साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) सेमिफाइनल पुगेको छ। लिभरपुल विरुद्ध दोस्रो लेगमा पनि २-० को जित निकालेको पिएसजी समग्रमा ४-० को अग्रतासहित अन्तिम चारमा पुग्यो । पिएसजीका लागि दुबै गोल उसमान डेम्बेलेले गरे।


प्रकाशित मिति : २०८३ बैशाख २, बुधबार गते

धेरै पढिएको

ताजा समाचार