२८ फागुन, पोखरा । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनलाई हृदयघात भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो ।
मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका निधन भएको घटेको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले पुष्टि गरे । अस्पताल स्रोतले पनि थापाको निधन भएको जानकारी दिएको छ ।
कास्की कमिटीले आज चुनावी समीक्षा बैठक डाकेको थियो र थापा बैठकमै ढलेका थिए । उनी २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए ।२०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।
यसपटकको चुनावमा पनि थापाले नै टिकट प्राप्त गरेका थिए । तर, पछि त्यही टिकट रश्मी आचार्यलाई दिइएको थियो ।
कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष थापा जेनजी आन्दोलनपछिकोएमालेको महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका थिए ।

