जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ ।
६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ तथा रविन्द्रजंग शाहीले १६ बलमा १३ रन जोडे ।

त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले १९.५ ओभरमा ५९ रन जोड्दै अल आउट भयो । दिल्लीका लागि प्रियान्स चमोले २६ बलमा १८ तथा कुलदिप यादवले २७ बलमा १० रन जोडे ।
दोस्रो खेलमा नेपालकाे त्रिभुवन विश्वविद्यालय(त्रिवि) लाई बंगलादेशको ढाका विश्वविद्यालयले ८ विकेटले हराएको छ ।

१ सय ४ रनको लक्ष्य ढाकाले १२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ढाकाको जितमा इफ्तिकार होसाइले २९ बलमा ४५ र शरिफर सकिबले २७ बलमा ३३ रन जोडे ।
त्यसअघि पहिले ब्याटिङ गरेको त्रिवि १९.१ ओभरमा १ सय ३ रनमा समेटिएको थियो । त्रिविका लागि सलमान रायले २४ बलमा २० र कप्तान भीम सार्कीले १७ बलमा १८ रन जोडे ।
नेपाल विद्यार्धी संघले आयोजना गरेको प्रतियोगितामा नेपालका ४, भारतका ३ तथा बंगलादेशको १ विश्वविद्यालयको सहभागिता छ ।
प्रतियोगिताको खेलतालिका


