जय ट्रफी मेन्स एलिट कपको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन


जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन भएको छ ।

बिहीवार विरगंजमा सम्पन्न पहिलो संस्करणको फाइनल खेलमा विभागीय टोली आर्मीलाई २८ रनले पराजित गर्दै उपाधी जितेको छ । पुलिसले दिएको १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी ७४ रनमा अल आउट भयो ।

May be an image of 2 people and text

आर्मीका लागि इम्रान शेखले सर्वाधिक २८ रन जोडे । कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन जोडे । आर्मीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् । पुलिसका लागि सागर ढकालले ६ तथा ललितनारायण राजवंशीले ४ विकेट लिए ।

पुलिसले दोस्रो इनिङमा १ सय ३९ रन मात्र जोड्न सक्यो । पुलिसका लागि दोस्रो इनिङमा कुशल भुर्तेलले सर्वाधिक ४५ रन जोडे । पहिलो विकेटका लागि ओपनर कुशल र अमित श्रेष्ठले ५१ रनको साझेदारी गर्दै फराकिलो अग्रताको संकेत गरेका थिए । अमित १३ रन जोडे । दीलिप नाथ ३४ तथा राशिद खान १८ रन बनाए ।

May be an image of 3 people and text

पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि बसिर अहमद र साहब आलमले समान ५ विकेट लिए । आर्मीले पहिलो इनिङमा १ सय ७० रन बनाउँद ३७ रनको सामान्य अग्रता लिएको थियो ।

आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५८ रन जोडे । उनले ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । बसिर अहमद ४०, सोमपाल कामी ३२ तथा कप्तान विनोद भण्डारी १४ रन बनाए।

May be an image of 2 people and text

पुलिसका लागि सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चिएर ५ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित र गुलशन झाले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ९ विकेट गुमाएर १ सय ३३ रन जोडेको अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन जोडे । उनले ५६ बलमा ६ चौका प्रहार गरे । अर्जुन साउद २८, अमित २० र राशिद १० रन बनाए ।

May be an image of 5 people and text

आर्मीका साहब आलमले १२.४ ओभरमा ३७ रन खर्चिएर ७ विकेट लिएका थिए । सोमपाल र बसिर अहमदले समान १ विकेट लिएका थिए । पहिलो संस्करणको यस प्रतियोगितामा पिएम कप पुरुष क्रिकेटका शीर्ष ४ टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेश) को सहभागीता रहेको थियो ।


प्रकाशित मिति : २०८१ माघ ३, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार