अन्तिम १० मिनेटमा दुई गोल फर्काउँदै ब्रेन्टफोर्डले सिटीलाई २-२ को बराबरीमा रोक्यो


म्यानचेस्टर सिटीले २-० को अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा मंगलवार अंक बाढेको छ।

अन्तिम १० मिनेटमा दुई गोल फर्काउँदै ब्रेन्टफोर्डले सिटीलाई २-२ को बराबरीमा रोकेको हो ।

Man City held to 2-2 draw after late collapse against Brentford | Reuters

सिटीका लागि दुवै गोल फिल फोडेनले गरे। पहिलो गोल ६६ औं मिनेटमा गरेका फोडेनले अर्को ७८ औं मिनेटमा गरे। ब्रेन्टफोर्डका योआने विसाको ८२ औं मिनेटमा गोल गरे । क्रिस्टिएन नोर्गार्डले इन्ज्युरी समयमा बराबरी गोल गर्दैै सिटीसँग अंक खोसे ।

अर्को खेलमा शीर्ष स्थानको लिभरपुलले नटिङघम फरेस्टसँग बराबरीमा खेलेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको नटिङघम लिभरपुलसँग १–१ को बराबरीमा रोकको हो। नटिङघमले खेलमा लिएको अग्रता जोगाउन सकेन।

आठौं मिनेटमा क्रिस उडको गोलबाट नटिङघमले अग्रता लियो । लिभरपुलका लागि डिएगो जोटाले ६६ औं मिनेटमा बराबरी गोल फर्काए ।

यो नतिजापछि शीर्षमा लिभरपुलको छ अंकको अग्रता कायम छ । लिभरपुलको ४७ र नटिङघमको ४१ अंक छ। सिटी ३५ अंकसहित छैटौं स्थान र ब्रेन्टफोर्ड २८ अंक लिएर दसौं स्थानमा छ।

प्रिमियर लिगका अन्य खेलमा चेल्सी र बोर्नमाउथले समान २-२ को  बराबरी खेले । वेस्ट् हयामले फुलहमलाई ३-२ ले हरायो । चौथो स्थानको चेल्सीको ३७ अंक र सातौं स्थानको‌ बोर्नमाउथको ३४ अंक छ।


प्रकाशित मिति : २०८१ माघ ३, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार