क्यालिफोर्नियामा डढेलो: सेन्टा एना हावाको चेतावनीसँगै आगलागी थप उग्र हुने सम्भावना


क्यालिफोर्नियामा डढेलो नियन्त्रणको प्रयास भइरहेका बेला मौसमविद्हरूले सेन्टा एना हावाको चेतावनी दिएका छन्, जसको गति प्रतिघण्टा ९६ किलोमिटरसम्म पुग्न सक्नेछ। यसले डढेलो थप उग्र बनाउने सम्भावना छ। हालसम्म डढेलोमा २४ जनाको मृत्यु भइसकेको छ, र आर्थिक क्षति २५० देखि २७५ अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ। १४ हजार अग्नि नियन्त्रक, ८४ विमान, र १,३५४ दमकल परिचालित छन्। अनिवार्य रूपमा घर छोड्नुपर्ने मानिसहरूको सङ्ख्या घटेर १ लाख पाँच हजार पुगेको छ, तर अझै ८७ हजारले घर छोड्नुपर्ने बताइएको छ।

क्यालिफोर्नियामा डढेलो नियन्त्रणका लागि प्रयास जारी रहँदा लस एन्जलसका केही भागमा लुटपाट रोक्न रात्रिकालीन कर्फ्यू लगाइएको छ। मङ्गलवारदेखि सुरु भएको डढेलोका कारण डेढ लाखभन्दा बढी मानिसहरूले घर छोडेका छन्। प्रहरीले मानिसहरूरहित बसोबास क्षेत्रमा कुनै पनि किसिमको आपराधिक गतिविधि नगर्न चेतावनी दिएको छ। त्यहाँबाट कम्तीमा १२ जना सन्दिग्ध लुटेराहरूलाई पक्राउ गरिएको छ। अधिकारीहरूले मानवीय क्षतिबाहेक १० हजारभन्दा बढी घरहरू डढेलोबाट नष्ट भएको र थप ६० हजार जोखिममा रहेको बताएका छन्। प्रारम्भिक अनुमानअनुसार कुल क्षति १५० अर्ब अमेरिकी डलरभन्दा बढी हुनसक्छ।


प्रकाशित मिति : २०८१ पुष २९, सोमबार गते

धेरै पढिएको

ताजा समाचार