रियल म्याड्रिडलाई ५-२ ले हराउँदै बार्सिलोनाले खोस्यो स्पेनिस सुपर कपको उपाधि


रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

May be an image of 3 people, people playing football, people playing soccer and text

साउदी अरबमा आइतवार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५-२ ले पराजित भएको हो । यसअघि अक्टोबरमा स्पेनिस लिगमा बार्सिलोनाले रियललाई ४-० ले पराजित गरेको थियो ।

बार्सिलोनाको जितमा राफिन्हाको २ , लामिन यमल, रोबर्ट लेवान्डोस्की र एलेजान्ड्रो बाल्डेको समान १ गोल गरे । रियलका लागि किलियन एमबाप्पे र रोड्रिगोले गोल गरे ।

May be an image of 3 people, people playing soccer, people playing football and text

खेलमा सुरुवाती अग्रता रियलले लिएको थियो। एमबाम्पेले पाँचौं मिनेटमा नै गोल गरेका थिए । यमलले २२औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।

३६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । राफिन्हाले ३९औं र ४८औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता बढाए । पहिलो हाफको इन्ज्युरी समयमा बाल्डेले गोल गरेका थिए ।

May be an image of 2 people, people playing football, people playing soccer, cleats, stadium and text

बार्सिलोनाका गोलकिपरले ५६औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो । उनले मैदान छोडे लगत्तै रियलका रोड्रिगोले गोल फर्काए पनि रियलले खेलमा पुनरागमन गर्न सकेन ।

May be an image of 1 person and text


प्रकाशित मिति : २०८१ पुष २९, सोमबार गते

धेरै पढिएको

ताजा समाचार