‘सार्क ट्यांक नेपाल’ को घोषणा, सार्वजनिक भए पाँच जना सार्क


विश्व प्रसिद्ध बिजनेस रियालिटी शो ‘सार्क ट्यांक’ को नेपाली संस्करण ‘सार्क ट्यांक नेपाल’ घोषणा भएको छ।

नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले आगामी केही महिनाभित्र कार्यक्रम प्रसारण गर्ने जनाएको छ।

सोमबार काठमाडौंमा आयोजित घोषणा कार्यक्रममा पहिलो सिजनका लागि पाँच जना सार्कहरू सार्वजनिक गरिएको छ, जसले लगानीका लागि प्रस्ताव लिएर आएका स्टार्टअपहरूमा लगानी गरी उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउनेछन्।

merolagani - शार्क ट्यांक नेपाल' हिमालय टिभीमा आउँदै,उद्यमशीलताकाे विकासमा  काेशे ढुंगा हुन सक्ने

पहिलो सिजनका लागि आइएमई ग्रुपका सह संस्थापक हेमराज ढकाल, अग्नि ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह वैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्म ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका सार्कका रुपमा अनुबन्ध भएका छन्।

संर्घषमार्फत् व्यवसायिक जीवनमा सफलता प्राप्त गरेका यी अगुवा व्यवसायीहरूले उत्कृष्ट सोच र सम्भावना भएका तर लगानी जुटाउन खोजिरहेका व्यवसायहरूमा लगानीसँगै व्यवसायीलाई सफलताका लागि मार्ग दर्शनसमेत गर्नेछन्।

यस सिजनका लागि अन्य दुई जना सार्कपछि सार्वजनिक गरिने हिमालय टेलिभिजनले जनाएको छ।

सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रूपमा सुरू भएको यो शो अहिले विश्वकै सबैभन्दा ठूलो व्यवसायिक रियलिटी टिभी शो बन्न पुगेको छ।

५० भन्दा बढी देशमा प्रसारण हुँदै आएको यो शोलाई सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ।

यो कार्यक्रम अमेरिका, मेक्सिको, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशमा सार्क ट्यांकको नामबाट प्रसारण हुँदै आएको छ भने बेलायत, क्यानडा जस्ता मुलुकमा ड्रागन्स डेन नामबाट प्रसारण हुँदै आएको छ।

‘भारत, बंगलादेश र पाकिस्तानमा सार्क ट्याङकको अभूतपूर्व सफलतापछि हामी नेपालमा यो शो ल्याउन पाउँदा उत्साहित छौं। सार्क ट्यांकले अनगिन्ती उद्यमीहरूलाई सशक्त बनाएको छ र लाखौंलाई उनीहरूको नवप्रवर्तन र दृढ संकल्पका कथाहरूद्वारा प्रेरित गरेको छ।’ सोनी पिक्चर्स टेलिभिजनकी दक्षिण एसिया क्षेत्रीय अन्तर्राष्ट्रिय वितरण उपाध्यक्ष सोनिका भासिन भन्छिन्, ‘हामी नेपालमा यो परम्परा फैलाउने र नेपाली नवप्रर्वतनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरको प्रतीक्षामा छौं। यसले दक्षिण एसियाभित्र सार्क ट्यांक ब्रान्डलाई अझ बलियो बनाउने छ र हामी नेपालबाट उदाउने नविन उद्यमहरुको प्रतिक्षा गरिरहेका छौं।’

हिमालय टेलिभिजन एचडीका कार्यकारी निर्देशक श्याम कडेलले सार्क ट्यांक नेपालको पहिलो सिजनको सार्कका रुपमा नेपालका सफल उद्यमी/व्यवसायीहरूलाई प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताए।

May be an image of 5 people, suit and text

‘वास्तवमा दक्षिण एसिया क्षेत्रमा यो कार्यक्रमको सम्झौता हिमालय टेलिभिजनले गरेको थियो तर कोभिड र आर्थिक सिथिलताका कारण सुरुवात गर्न केही ढिला हुन गयो,’ उनले भने, ‘यो केबल रियालिटी शो मात्र नभएर नेपालको स्टार्टअप इकोसिस्टममा एउटा नवीन क्रान्ति ल्याउने छ भन्ने हामीले विश्वास लिएका छौं।’

हिमालय टेलिभिजन एचडीले सार्क ट्यांक नेपाल सिजन १ का लागि २० एपिसोडको श्रृंखला प्रसारण गर्ने तयारी गरिरहेको छ र नेपालका सबै प्रकारका व्यवसायहरूलाई आवेदन दिनका लागि आह्वान गरेको छ।

व्यवसायीहरूले आफ्नो व्यवसायसँग सम्बन्धित डेटा प्रस्तुत गर्दै एक निश्चित प्रतिशत व्यवसायको सेयर वा ऋणको बदलामा लगानी प्राप्त गर्नका लागि आवेदन गर्न सक्नेछन्।

व्यवसाय सञ्चालनमा आएका र विस्तारका लागि लगानी खोजिरहेका नेपाली उद्यमहरूले हिमालय टेलिभिजनको एप र वेबसाइटमा गई आवेदन दिन सक्नेछन्। सार्क ट्याङ नेपालको पहिलो सिजनको आवेदन जनवरी १५ तारिखभित्र दिइसक्नु पर्ने बताइएको छ।

हिमालय टेलिभिजनले नेपालमा विभिन्न अन्तर्राष्ट्रिय रियालिटी टेलिभिजन शोहरुको उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ।

द भ्वाइस अफ नेपाल, भ्वाइस किड्स, हिमालय रोडिज, डान्सिङ स्टार लगायतका कार्यक्रम प्रसारण भइरहेका छन् भने यसै वर्ष अर्को अन्तर्राष्ट्रिय फेसन रियालिटी शो नेपाल्स नेक्स्ट टप मोडल पनि प्रसारण हुँदैछ।

May be an image of 2 people and text

May be a graphic of 2 people and textMay be an image of 2 people and textMay be an image of 2 people, television, suit, newsroom and textMay be an image of 1 person, dais, newsroom and text


प्रकाशित मिति : २०८१ पुष ९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार