बलिउड अभिनेता अजय देवगन र अभिनेत्री रकुलप्रीत सिंहको फिल्म ‘दे दे प्यार दे’ को रिलिज डेट घोषणा


बलिउड अभिनेता अजय देवगन र अभिनेत्री रकुलप्रीत सिंहको फिल्म ‘दे दे प्यार दे’ को रिलिज डेट घोषणा भएको छ।

टि-सिरिज र लभ रञ्जनले एक पोस्टमार्फत फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन्। यो फिल्म २०२५ नोभेम्बर १४ मा रिलिज हुनेछ। यसअघि फिल्म सन् २०२५ मे १ मा प्रदर्शन हुने भनिएको थियो।

यस फिल्ममा अजय र रकुलप्रीत फेरि देखिँदैछन्। त्यस्तै फिल्ममा एक नयाँ अभिनेत्रीको इन्ट्री हुनेछ। कमेडी, रोमान्स र ड्रामा भरिएको फिल्ममा आर माधवन अनुबन्धित भइसकेका छन्।

अंशल शर्माले निर्देशन गर्ने फिल्ममा लभ रञ्जन, अंकुुर गर्ग, भूषण कुमार र कृष्ण कुमारको लगानी रहनेछ।

‘दे दे प्यार दे’ मा अजय देवगन, रकुलप्रीत सिंह र तब्बूको अभिनय थियो।


प्रकाशित मिति : २०८१ पुष ७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार