रौतहट, आशिष लामिछाने: खेलको अन्त्यतिर २ गोल गर्दै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
म्यानचेस्टर डर्बीमा पुनरागमन जित निकाल्ने क्रममा आइतवार युनाइटेडले सिटीलाई २-१ पराजित गरेको हो।
जस्को ग्याब्राडिलोले हेड मार्फत गोल गर्दै सिटीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए।

ब्रुनो फर्नान्डेजले ८८ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए। अमाड डेल्लोले उच्च प्रर्दशनमा युनाइटेड जित निकाल्यो । उनले अन्तिम मिनेटमा गोल गरेका हुन् ।

खराब प्रदर्शनबाट गुज्रिरहेको साविक विजेता सिटी २७ अंकका साथ पाँचौं स्थानमा छ। २२ अंकसहित युनाइटेड १३ औं स्थानमा छ।


