नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवार पनि दुई खेल


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवार पनि दुई खेल हुनेछन् ।

एनपिएलमा आज २०औं तथा २१औं खेल हुँदैछ । पहिलो खेलमा अंक तालिकामा सातौ र आठौं स्थानमा रहेका पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा खेल हुनेछ ।

May be an image of 2 people and text that says 'ANPL PACLE 4 fevand Ncell Ncell UPCOMING MATCH ሉ SUers 30 BAMK EVERE Vs POKHARA AVENGERS BIRATNAGAR KINGS 12th DEC 09:00 AM MATCH 20 #HamroJeet WATCH NOW SFORES FANCODE TICKETS khalti 30THNOV-2ISTDEC 30THNOV- TUCRICKETROUND TUCRICKET ROUND'

कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन् । आजको खेलमा विजेता बन्ने टोलीले प्लेअफको झिनो सम्भावना कायमै राख्दा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ ।

लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो । पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो । तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो ।

सुरुवाती दुवै खेल हारेको विराटनगरले तेस्रो खेलमा भने जित हात पारेका थिए । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो । तेस्रोमा टोलीले लुम्बिनीलाई हराएको थियो । चौथो खेलमा कर्णालीसँग पराजित भएको थियो ।

आज दोस्रो खेलमा करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजले अनिलकुमार शाहको नेतृत्वमा रहेको टोली जनकपुर बोल्ट्सको सामना गर्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

May be an image of 2 people and text

५ खेलमा ४ जित र १ हारका साथ जनकपुर अंक तालिकाको दोस्रो स्थानमा छ । यो खेलमा पनि जित निकालेर लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा जनकपुर रहेको छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा सुदूरपश्चिम लायन्ससँग भने पराजित भएको थियो ।

४ खेलमा २ मा हार र २ मा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ । यो खेलमा जित हात पार्दै काठमाडौं प्लेअफ सम्भावना बलियो बनाउँन चाहान्छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।


प्रकाशित मिति : २०८१ मंसिर २७, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार