नेपाल प्रिमियर लिग(एनपिएल) को दशौं दिन आज पनि दुई खेल


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दशौं दिन आज पनि दुई खेल हुनेछन्।

लिगमा आज १८औं तथा १९औं खेल आयोजना हुदैछ । पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्स र दोस्रो स्थानमा रहेका सुदूरपश्चिम रोयल्सकोबीचमा खेल हुदैछ ।

May be an image of 2 people and text

पहिलो खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछ। जनकपुरले खेलेका सबै ४ खेल नै जितेर प्लेअफको सम्भावना बलियो बनाएको छ । यस खेलमा पनि जित निकालेर लिग चरणको दुई खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा जनकपुर रहेको छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो ।

४ खेल खेल्दै ३ जित र १ हारका साथ सुदूरपश्चिम दोस्रो स्थानमा छ । यस खेलमा जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउँनुको साथै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा सुदूरपश्चिम रहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो । पछिल्लो खेलमा भने चितवन राइनोजसँग हार बेहोरेको थियो ।

आज दोस्रो खेलमा करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजले राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोली लुम्बिनी लायन्सको सामना गर्दैछ । टियु मैदान कीर्तिपुरमा खेल दिउँसो १ बजे सुरु हुनेछ ।

May be an image of 2 people and text

५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ । मंगलवार भएको पछिल्लो खेलमा चितवन राइनोजमाथि जित हात पारेको लुम्बिनी सोहि लयलाई आज पनि निरन्तरता दिन चाहन्छ । आजको खेलमा पराजित भएमा लिगबाट बाहिरिने लुम्बिनी पहिलो टोली बन्नेछ । लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । भने, मंगलवार भएको पछिल्लो खेलमा चितवनलाई पराजित गरेको थियो ।

३ खेलमा २ मा हार र १ मा जितका साथ काठमाडौं तालिकाको छैठौं स्थानमा छ । यस खेलमा जित हात पार्दै काठमाडौं प्लेअफ सम्भावना बलियो बनाउँन चाहान्छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।


प्रकाशित मिति : २०८१ मंसिर २६, बुधबार गते

धेरै पढिएको

ताजा समाचार