एन्फा महिला सुपर लिग पुस १८ देखि माघ १६ गतेसम्म हुने


एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ।

यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको कोशी प्रदेशको सट्टा छैटौं स्थानको बागमती युथ क्लबले सुपर लिग खेल्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

बागमतीसहित शीर्षस्थानको एपिएफ, दोस्रो त्रिभुवन आर्मी फुटबल क्लब, तेस्रो नेपाल पुलिस क्लब र चौथो वालिङ नगरपालिकाका प्रतिनिधिको बैठकमा सहभागिता रहेको शाहले बताए ।

सुपर लिगका खेल अधिकाशं खेल एन्फा कम्प्लेक्स र फाइनलसहितका केहि दशरथ रंगशालामा हुने बताइएको छ। सुपर लिगमा लिगको अंक नजोडिने एन्फाका प्रतियोगिता निर्देशक सञ्जिव मिश्रले जानकारी दिए।

एन्फाले यसपटक छनोट, लिग र सुपर लिगमा‌ महिला लिग सन्चालन गरेको हो। महिला लिगको ३ चरणमा गरि कुुल ९० खेल हुनेछन्।


प्रकाशित मिति : २०८१ मंसिर २६, बुधबार गते

धेरै पढिएको

ताजा समाचार