रोहितको अलराउण्ड प्रदर्शनले रोकियो लुम्बिनीको जित बिहिन यात्रा


कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा मंगलवारको पहिलो खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो ।

१ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र जोड्न सक्यो ।

May be an image of 2 people and text

चितवनका ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । चौथो विकेटका रुपमा ११औं ओभरको दोस्रो बलमा ल्युकलाइ अभिशेष गौतमले आउट गराए ।

कप्तान कुशल मल्लले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । रवि बोपारा १६ बलमा १२ रन बनाउँदै कप्तान रोहितको बलमा आउट भए ।

ओपनर सन्तोष कार्की पनि तेस्रो ओभरको अन्तिम बलमा आउट भए । उनलाई रामोन सिमण्डले आशुतोष घिरैयाबाट क्याच आउट गराए । चौथो ओभरको पहिलो बलमा सोहेल तन्भिर कप्तान रोहितको बलमा कट एण्ड बोल्ड आउट भए । तन्भिर १ रनमा आउट भए ।

रोहितले नै चौधौं ओभरको तेस्रो बलमा जान निकोललाई एलबिडब्लु आउट गराए । जानले ७ बलमा ६ रन जोडे । कप्तान रोहितको बलमा चितवनका ओपनर विपिन रावलले प्रहार गरेको बाउन्ड्री बचाउने क्रममा तीव्र गतीका बलर दुर्गेश गुप्ता घाइते भएर मैदान बाहिरिएका थिए ।

दुर्गेशको स्थानमा फिल्डिङ गर्न सुर्य तामाङ मैदान प्रवेश गरेका थिए । त्यस लगत्तैको अर्को बलमा विपिन पहिलो विकेटका रुपमा आउट भए ।

लुम्बिनीका लागि रोहितले ४ ओभरमा १७ रन खर्चिएर ४ विकेट लिए । रामोन सिमोण्डसले २ तथा साद विन जाफर र अभिशेष गौतमले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।

लुम्बिनीका रोहितले सर्वाधिक ८० रन जोडे । उनले ६८ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक रोहितले ४३ बलमा पूरा गरे । रोहित एनपिएलमा दुई अर्धशतक पूरा गर्ने पहिलो नेपाली क्रिकेटर हुन् । रोहितले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका थिए ।

रोहित २ सय ६१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा छन् । पाँचौ विकेटका लागि रोहितले साद विन जाफरसँग मिलेर १ सय १४ रनको शतकीय साझेदारी गरे । यो प्रतियोगितामा पाँचौ विकेटका लागि भएको सर्वाधिक रनको साझेदारी हो । प्रतियोगिताका चौथो शतकीय साझेदारी हो ।

May be an image of 2 people and text that says 'OMODAJNECOO JNECOO HAPPYDENT Ncell Siddharthaan SiddharthaBark SidrharthaS @SPIL INPL 1 Sudharthasns ΑAЛ Fovaradby Ncell WOLF Siddhartha SiddharthaBark ULTRAVIOLETTE SiddharthaBrk Siddhart Siddhartha WOLFZZ7 Ncell Siddharti thai นลลิตา SiddharthaSn Siddhar HAPPYDENT CTTE SUS Siddhart WOLFTI7 10L TEU Prm 入吉 COHA K khalti SUP Siddhartha viv esidential Ncell SiddharthaBank Bank OMOON un vivo TNPL EPAL Ncell Nce SIDDHARTHA BANK PLAYER OF THE MATCH SIDDHARTE Ncell FIFTY THOUSAND ONLY esidential GRADE ΗΑΡΡΥΠΕΝ ECOO RS. 50,000/- Seddharth thaßin HAMS ULTRAVIOLET KFC ntial WOLFT77 ECOO Ncell'

रिजन ढकालले दोस्रो ओभरमा नै २ विकेट लिएर चितवनलाई सुरुवातमै हाबी बनाएका थियो । तर, रोहित र जाफरको शतकीय साझेदारीले लुम्बिनी खेलमा फर्किएको थियो ।

जाफरले ३५ बलमा ५२ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । १०औं ओभरको अन्तिम बलमा साद विन जाफरले जीवनदान पाएका थिए । उनी कप्तान कुशलको बलमा सोहेल तन्भिरले सहज क्याच छोडेका थिए । जाफर त्यस समय ५ रनमा रहे । अर्जुन साउद १२ बलमा १५ रन बनाउँदै आउट हुँदा सन्दीप जोरा ४ रनमा नट आउट रहे ।

रिजनले दोस्रो ओभरको पहिलो बलमा आशुतोषलाई १ रनमा बोल्ड आउट गराएका थिए । तेस्रो बलमा उनले उन्मुक्त चन्दलाई शुन्यमा विकेटकिपर विपीन रावलको हातबाट क्याच गराए ।

आठौं ओभरको पहिलो बलमा कप्तान कुशलको बलमा टम मुर्सले जीवनदान पाएका थिए । मुर्सलाई रिजन र जान निकोल लफ्टी इटनबीचको दुविधाको कारण क्याच मिस भएको थियो । त्यही ओभरको चौथो बलमा छक्का प्रहार गरेका मुर्स लगत्तैको बलमा फेरी छक्काको प्रयास गर्दा बाउन्ड्रीमा लफ्टीबाट नै क्याच भए ।

लुम्बिनीले चितवन सामू पावर प्लेमा २ विकेटमा ३३ रन बनाएको थियो । पाँचौं खेलसम्म आईपुग्दा चितवनले कुनै टोलीविरुद्ध ५० रनमाथिको रन खर्चिएको छैन । चितवनले पावर प्लेमा सुदूरपश्चिम रोयल्सविरुद्ध ३ विकेट लिदै सर्वाधिक ४८ रन खर्चिएको थियो ।

May be an image of 3 people and text

चितवनका लागि रिजनले २ तथा रञ्जित कुमार र कुशलले समान १ विकेट लिए । सुरुवाती सबै ४ मा पराजित लुम्बिनी दबाबमा रहेको थियो । पहिलो अंक पाएको लुम्बिनी पाँचौ स्थानमा उक्लिएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

चितवनले ५ खेलमा ३ जित र २ हारसहित तेस्रो स्थानमा छ । चितवनले जितका साथ शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । सुरुवाती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो ।

पछिल्लो खेलमा भने चितवनले प्रतियोगिताकै बलियो मानिएको टोली सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । शतप्रतिशत जितका साथ जनकपुर बोल्ट्स शीर्ष स्थानमा छ ।

लुम्बिनीले अर्को खेल बुधवार दिउँसो काठमाडौं गुर्खाजसँग खेल्नेछ । चितवनले शुक्रवार दिउँसो विराटनगरको सामना गर्नेछ । आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससँग खेल्दैछ ।


प्रकाशित मिति : २०८१ मंसिर २५, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार