प्यालेस्टाइनको पक्षमा प्रचण्डदेखि मोहनविक्रमसम्मले गरे हस्ताक्षर


इसराइलले प्यालेस्टाइनमा गरेको ‘जनसंहार’को विरूद्धमा हस्ताक्षर संकलन अभियानमा पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न कम्युनिस्ट पार्टीका नेताहरूले ऐक्यबद्धता जनाएको छन्।

प्यालेस्टिनीमाथि इसराइली जनसंहारविरूद्ध संयुक्त अभियान नेपालले सोमबार काठमाडौंको माइतीघर मण्डलमा आयोजना गरेको हस्ताक्षर संकलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) लगायत दलका थुप्रै नेताहरू उपस्थित भएका थिए।

हस्ताक्षर संकलन कार्यक्रममा तीन जना पूर्वप्रधानमन्त्री थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्षका माधवकुमार नेपाल र नेसपा नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई सहभागी छन्।

प्यालेस्टाइनको पक्षमा प्रचण्ड, गरे हस्ताक्षर

नेताहरू मोहनबिक्रम सिंह, अग्नि सापकोटा, देव गुरूङ, घनश्याम भूसाल, लिलामणि पोखरेल, श्याम श्रेष्ठ लगायतका नेताहरू पनि सहभागी थिए।

उनीहरू सबैले इसराइलले प्यालेस्टाइनमाथि गरेको जनसंहार अन्त्य गरिनुपर्ने र गाजामा भएको अमानवीय नाकाबन्दी तत्काल खोलिनुपर्ने लगायतका माग उल्लिखित ब्यानरमा हस्ताक्षर गरेका छन्।

इसराइलले गत वर्षको अक्टोबर ७ देखि गाजामा लगातार आक्रमण गर्दै आइरहेको छ। इसराइली आक्रमणबाट गाजामा अहिलेसम्म आधा लाखभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको । लाखौं मानिसहरू घाइते र विस्थापित भएका छन्।


प्रकाशित मिति : २०८१ मंसिर २५, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार