एनपिएलमा आज चितवनको कुसल र पोखराको कुसलको टोलिको खेल


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दशौं दिन आज दुई कुशलको खेल रहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य कुशल मल्ल र कुशल भुर्तेलको टिमको खेल आज रहेको छ ।

मंगलवारको पहिलो खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स र नेपाली टोली सदस्य कुशल मल्लको कप्तानीमा रहेको चितवज राइनोजबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टियु मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ।

May be an image of 2 people and text that says 'ANPL PACLE 9 4 Sttharthaian FEwnd Ncell UPCOMING MATCH 6. BLE CHITWAN RHINOS VS LIONS 10m LUMBINI ON- 10th DEC 09:00 MATCH 16 #HamroJeet WATCH NOW SPORTS FANCODE BUY TICKETS khalti 30THNOV-2ISTDEG TUCRICKETG TUCRICKETGROUND GROUND'

लुम्बिनीले सुरुवाती ४ खेलमा हार बेहोरेर दबाबमा छ। आजको खेलमा गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना अंक गणितीय हिसाबमा रहने छ । लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

चितवन भने ४ खेलमा ३ मा जित र १ हारका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । सुरुवाती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो । गत आइतवार भएको पछिल्लो खेलमा भने चितवनले प्रतियोगिताकै बलियो मानिएको टोली सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।

आज दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

May be an image of 2 people and text

सुरुवाती २ खेलमा हार बेहोरेर प्रतियोगिताको खराब सुरुवात गरेको कर्णालीले पछिल्लो २ खेल भने जितेको छ । कर्णाली ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ । जनकपुर र काठमाडौंसँग पराजित कर्णालीले विराटनगर र चितवनलाई पराजित गरेको थियो ।

३ खेल मात्र खेलेको पोखरा २ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले पछिल्लो खेलमा भने लुम्बिनीमाथि जित हात पारेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।


प्रकाशित मिति : २०८१ मंसिर २५, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार