जिज्ञासा, खुश्बु, सिलु र इन्द्रवती बने सर्वोत्कृष्ट फेसन डिजाइनर


काठमाडौं । फेसन डिजाइनका विद्यार्थीले तयार पारेका पहिरनको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’को दशौं संस्करण सम्पन्न भएको छ ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा ६ महिनाको कोर्ष पूरा गरेका १२६ जना विद्यार्थीले ४ विधामा प्रतिस्पर्धा गरेका थिए । पारामेट्रिक प्यालेस, मेगलफोबिक, क्यारिङ अवे इन डेजाभू तथा माइथोलोकिल गार्डेन गरि चार समूहमा प्रतिस्पर्धा गरिएको थियो ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित फेसन प्रतियोगितामा ‘पारामेट्रिक प्यालेस’ विधातर्फ जिज्ञासा श्रेष्ठ सर्वोत्कृष्ट भइन् । उनले डिजाइन गरेको सेतो रङको पहिरन सर्वोत्कृष्ट भयो ।

‘मेगलफोबिक’ नामक विधामा खुश्बु सेवा सर्वोत्कृष्ट भइन् । तेस्रो विधा ‘क्यारिङ अवे इन डेजाभू’ विधामा विधामा शिुल बज्राचार्यले बाजी मारिन् । ‘माइथोलोजिकल गार्डेन’ शीर्षकको चौथो विधामा इन्द्रावती क्षेत्रीले डिजाइन गरेको पहिरन सर्वोत्कृष्ट बन्यो ।

चारै विजेताले नगद पुरस्कार प्राप्त गरे । विजेतालाई फोटो पत्रकार तथा गीतकार हरि गोपाल प्रधानसहित निर्णायकको समूहले नगद पुरस्कार, प्रमाणपत्र, स्यास हस्तान्तरण गरेका थिए । पासआउट भएका सयभन्दा बढी डिजाइनरलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

यो प्रतिस्पर्धामा गायक उदय सोताङ, पत्रकार कृष्ण भट्टराईका साथमा डिजाइनर कुसुम पदम श्रेष्ठ, महेश महर्जन, निशा श्रेष्ठ, गीता मिश्र तथा सुष्मा सिंह निर्णायकको रुपमा थिए ।

बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरियर कोर्स पढाउँदै आएको छ ।


प्रकाशित मिति : २०८१ श्रावण ७, सोमबार गते

धेरै पढिएको

ताजा समाचार