आज विश्वासको मत लिंदै प्रधानमन्त्री


प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप दाहालले विश्वासको मत लिन लागेका हुन्।

सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै बिहान १० बजे संसद् भवन बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भए यता दाहालले विश्वासको मत लिन लागेको यो चौथो पटक हो।


प्रकाशित मिति : २०८१ जेष्ठ ७, सोमबार गते

धेरै पढिएको

ताजा समाचार