विशेष अदालतले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई साढे ६ वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले बुधबार कोइरालालाई ६ वर्ष एक महिना कैद सजाय सुनाएको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।
कोइरालालाई इजलासले ५४ लाख ८४ हजार रुपैयाँ जरिवाना र त्यति नै रकम बिगो माग गरेको छ।
उनलाई अदालतले भ्रष्टाचार मुद्दामा गत मंसिर २६ गते नै दोषी ठहर गरिसकेको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्दा मागदाबी गरेअनुसार नै सजाय निर्धारण भएको उपरजिष्ट्रार कार्कीले बताए।
कोइरालाले बैंकमा रहेको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप थियो।

