एउटै चिहानमा २ सय ५० जना इजरायलीको शव भेटियो, दुवैतर्फ गरी ११ सय भन्दा धेरै मारिए


एजेन्सी, इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्ध झनै चर्किएको छ । शनिबार बिहान अचानक हमासले इजरायलमा आक्रमण थालेपछि भएको युद्धमा दुवैतर्फ ठूलो क्षति भएको छ ।

हमास लडाकुले इजरायलमा एक सांगितिक समारोह स्थलमा भेला भएकालाई हत्या गरेर सामुहिक रुपमा गाडेको चिहान भेटिएको छ । चिहानमा २ सय ५० जनाको शव भेटिएको बीबीसीले जनाएको छ ।

इजरायलमा अहिलेसम्म ७ सय जना भन्दा धेरैको मृत्यु भएको पुष्टि भएको छ । यस्तै इजरायलले गाजामा गरेको हमलामा ४ सय जना भन्दा धेरैको ज्यान गएको खबरमा उल्लेख छ ।

इजरायलले गाजा सयौँ हमला गरेर सहर ध्वस्त बनाइदिएको छ । युद्धमा १० जना नेपालीको पनि मृत्यु भएको छ । विश्वका धेरै देशले आफ्ना नागरिकको पनि मृत्यु भएको, घाइते भएको वा हराएको बताएका छन् ।

एक जर्मन आमाले आफ्नी छोरीको बारेमा जानकारीको लागि बिन्ती गरिरहेकी छिन्, सांगितिक समारोहमा आतंकवादीहरूले उनलाई अपहरण गरेका थिए। इजरायलले जवाफी हमला सुरु गरेपछि गाजाका अस्पतालहरू बिरामी र शवले भरिएका छन् ।

यसैबीच, अमेरिकाले आफ्नो सहयोगी इजरायललाई आफ्नो समर्थन बढाएको छ । अमेरिकाले यस क्षेत्रमा जहाज र विमान तैनाथ गरेको छ ।

यो कदम हमासले निन्दा गरेको छ। हमासले अब अरब देशहरुले अमेरिकाविरुद्ध पनि कदम चाल्नुपर्ने उल्लेख गरेको छ ।


प्रकाशित मिति : २०८० आश्विन २२, सोमबार गते

धेरै पढिएको

ताजा समाचार