नेप्से दोहोरो अंकले बढ्यो, १ अर्ब ३३ करोडको कारोबार


काठमाडौं, मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आज १७.६९ अंकले बढेको बजार २०१५.९८ विन्दूमा पुगेर रोकियो ।

मंगलबार सबै उपसूचकमा हरियाली छाएको छ । यस दिन बजारमा ६० लाख ३१ हजार ३५६ कित्ता सेयरको खरिद(बिक्री हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कुथेली बुखारी स्मल हाइड्रोको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो । यसैगरी, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ४.४२ प्रतिशतले घटेको छ ।

 


प्रकाशित मिति : २०८० भाद्र ५, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार