नाइजरमा सेनाको असन्तुष्ट समूहले सत्ता कब्जा गर्‍यो, संविधान विघटन


एजेन्सी, अफ्रिकी देश नाइजरमा सेनाको असन्तुष्ट समूहले सत्ता कब्जा गरेको छ ।

सेनाको असन्तुष्ट समूहका नाइके मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गरी देशको शासन सत्ता आफूहरुले सम्हालेको घोषणा गरेका हुन् ।

उनीहरुले राष्ट्रपतिलाई पनि नियन्त्रणमा लिएका छन् । सेनाले संविधान विघटन गरी सबै सङ्घसंस्था निलम्बनको घोषणा गरेको छ । त्यहाँ सम्पूर्ण अन्तर्राष्ट्रिय सिमानाका बन्द गरिएको छ । अब आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय परिषद्ले देशको दैनिक कामकाज चलाउने अमाडोले बताएका छन् ।

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिजोदेखि सेनाले कब्जामा लिएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई फोन गरी पक्षमा समर्थन व्यक्त गरेको बीबीसीले जनाएको छ।

 


प्रकाशित मिति : २०८० श्रावण ११, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार