महिला पर्यटन व्यावसायीलाई आय कर र भ्याटसम्बन्धी तालिम


काठमाडौं, महिला पर्यटन व्यावसायी संजालले आफ्ना सदस्यहरुलाई एक दिवसिय आयकर तथा भ्याट सम्बन्धी तालिम प्रदान गरेको छ ।

ठमेलको पक्नाजोलस्थित होटल काठमाडौं गार्डेन होममा आयोजित उक्त प्रशिक्षणको नेतृत्व अधयक्ष निर्मला धमला रहेकी थिइन् ।

अध्यक्ष धमलाले प्रशिक्षार्थीहरुले आवश्यक ज्ञान लिई व्यावसायलाई चुस्तदुरुस्त बनाउन मद्दत पुग्ने बताइन् । सहभागी महिला पर्यटन व्यावसायीहरुले पर्यटन सिए रेग्मीसँग विभिन्न जिज्ञासा राखेका थिए ।

सहभागीहरुले कार्यक्रम फलदायी भएको र आगामी दिनमा पनि व्यावसायसँग सम्बन्धित यस्ता ज्ञानका कुरा सिक्त उत्साही रहेको बताएका थिए ।

अध्यक्ष धमलाका अनुसार सोमबार नै महिला पर्यटन व्यावसायी सञ्जालमा नयाँ सदस्य थप भएका छन् । उक्त संस्थाको उपाध्यक्ष जया बराल र महासचिव शर्मिला काफ्ले र कोषाध्यक्ष सकुन्तला देवकोटा रहेकी छिन् ।

तालिममा ३० जना भन्दा महिला पर्यटन व्यावसायीहरुलाई सीए कृष्णप्रसाद रेग्मीले तालिम दिएका थिए ।


प्रकाशित मिति : २०८० श्रावण ८, सोमबार गते

धेरै पढिएको

ताजा समाचार