आजदेखि साउने सोमबारको व्रत, पशुपतिमा भक्तजनको भिड


काठमाडौ, चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ ।

चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए ।

पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भिड बढ्न थालेको छ । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनको भिड लाग्ने गर्छ ।

साउनमा अधिकमास परे पनि नित्यरूपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।


प्रकाशित मिति : २०८० असार २५, सोमबार गते

धेरै पढिएको

ताजा समाचार