काठमाडौ, देशमा मनसुनी वायुको प्रभाव रहेको छ । आज बिहान देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ । केही स्थानमा भने वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, दिउँसो मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका एकरदुई स्थानमा हावाहुरीको समेत सम्भावना महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षा, मेघगर्जनरचट्याङ र हावाहुरीका कारण हुनसक्ने जोखिम वा क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।