काठमाडौं आइपुग्यो वेस्ट इन्डिजको ‘ए’ टोली


काठमाडौं– नेपालसँग ५ टी–२० शृंखला खेल्न वेस्ट इन्डिज ‘ए’ टोली काठमाडौं आइपुगेको छ।

टोली बुधबार बिहान त्रिभुवन विमानस्थल ओर्लिएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५ टी–२० शृंखलाको पहिलो खेल शनिबार हुनेछ। दोस्रो खेल आइतबार हुने छ।

यस्तै तेस्रो खेल बैशाख १६ गते हुने छ। चौथो २० र अन्तिम खेल २२ गते हुने छ। सम्पूर्ण खेल १२:१५ बजेबाट शुरू हुने छ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो।

उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।


प्रकाशित मिति : २०८१ बैशाख १२, बुधबार गते

धेरै पढिएको

ताजा समाचार