नेप्सेमा सीमान्त वृद्धि : ३ अर्बको मात्रै कारोबार


१ जेठ, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सीमान्त सुधार देखिएको छ । शुक्रबार  बजार परिसूचक १.७७ अंक अर्थात् ०.०६ प्रतिशतले बढेर २,७३१.९४ बिन्दुमा पुगेको हो ।

शुक्रबार नेप्सेका १३ उपसूचकमध्ये सात उपसूचक सामान्य रूपमा बढे भने ६ उपसूचकमा गिरावट आएको देखिएको छ । तर, घटबढ भएका उपसूचकमध्ये कुनैको पनि एक प्रतिशतभन्दा बढी घटबढ भएन ।

बजारमा आज कुल ३ सय ३८ कम्पनीका ७९ लाख ३४ हजार ४ यस ४४ कित्ता सेयर खरिद–बिक्री भयो । शुक्रबार दिनभरिमा ४३ हजार ६ सय ७४ कारोबार भए जसबाट कुल ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४ सय ८६ रुपैयाँ बराबर किनबेच भयो ।

नेप्से परिसूचकसँगै अन्य उपपरिसूचकमा पनि सामान्य बढोत्तरी देखिएको छ । सेन्सेटिभ इन्डेक्स ०.३४ अंक बढेर ४६७.५५ मा पुगेको छ भने फ्लोट इन्डेक्स ०.०४ अंक बढेर १८५.३५ मा कायम भएको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकको वृद्धिसहित १५७.४९ पुगेको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १ सय २७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २० कम्पनीको मूल्यमा गिरावट आएको छ । २२ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ३० करोड ६६ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । यस्तै अपी पावर कम्पनीको ११ करोड ४४ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको ८ करोड ६३ लाख रुपैयाँको कारोबार भयो ।

आजको बजारमा नबिल डिबेन्चर २०८९ लगानीकर्ताले सर्वाधिक ७.७१ प्रतिशत नाफा कमाएका छन् । यस्तै मूल्य बढ्ने अन्य कम्पनीमा मोदी इनर्जी लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड छन् ।

यस दिन केही कम्पनीको मूल्यमा भने उल्लेख्य गिरावट देखिएको छ । युनियन हाइड्रोपावरको मूल्यमा ७९ अंकको गिरावट आउँदा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ७० अंक घटेको छ ।


प्रकाशित मिति : २०८३ जेष्ठ १, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार