एलिना चौहान र विष्णु सापकोटाले आज विवाह गर्दै


गायिका एलिना चौहानले आज (बुधबार) प्रेमी विष्णु सापकोटासँग विवाह गर्दैछिन्।

झापाको विर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह राखिएको छ।

बेहुला विष्णु हिजो बेलुका नै बागलुङबाट झापा पुगिसकेका छन्। एलिनाको मेहन्दी समारोहमा पुगेर उनले आफ्नो गीत समेत गाएका थिए।

यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गर्न लागेका हुन्। एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन्। त्यस्तै गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।

विवाहमा दुईको परिवार, आफन्तसहित थुप्रै कलाकारहरू समेत सहभागी हुँदैछन्।


प्रकाशित मिति : २०८१ बैशाख ५, बुधबार गते

धेरै पढिएको

ताजा समाचार