सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?


काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि चैत ३० गते सुनको मूल्यमा नयाँ रेकर्ड कामय भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ। चैत ३० गते तेजावी सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो।

यस्तै, सोमबार सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो।

आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १७ सय १५ रुपैयाँ कायम रहेको थियो।


प्रकाशित मिति : २०८१ बैशाख ४, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार